back
CTIZAN AD

कविता : अवसरवाद

वि.सं.२०८० असार २३ शनिवार

978 

shares

प्रेमलकुमार खनाल, काठमाडौं

शुरुमा निम्सरो
माया लाग्दो
जब शक्ति र सत्ताको आड पाउछ
तब धाक, रवाफ र राजशी शैली
उसको जीवनशैली हुन्छ
सत्ता, शक्तिले उन्माद हुन थालेपछि
साथीभाइ, भूइ वर्ग सबै विर्सन्छ,
प्रशंसाको भोको बन्न पुग्दछ
तर आलोचना भने सहनै सक्तैन,
विचारमा पतीत,
अस्थिर र
ढुलमुले चरित्र
दिशाहिन र यथास्थिति मै रमाउने बानी परेको हुन्छ
आत्मकेन्द्रित सोंचले ग्रस्त भएर
सत्ता, शक्ति र स्वार्थको वरिपरि घुमीरहेको हुन्छ
आफ्नो फाइदाका लागि
तावेदारी भाषण र धनुष्टङकार नमस्कार
उसको आदत हुन्छ
ताग परे तिवारी नत्र गोतामे
जता मल्खु उतै ढल्कने
स्वभावले ग्रस्त हुन्छ,
संघर्ष आन्दोलनमा
अनेक वहाना बनाएर भाग्दछ
परिवर्तन पछि सबैभन्दा क्रान्तिकारी हुन्छ
अनि मान, सम्मान र अवसरका लागि दावी गर्छ
राजनीतिक कुरा गरे जस्तो गर्दछ
तर सबैभन्दा अराजनीतिक व्यबहार प्रदर्शित गर्दछ
अवसरवाद पनि खाल खालका हुन्छन्
एक थरी
घरभित्र घोर दक्षिणपन्थी अवसरवादी भइ दिन्छन
बाहिर देश दुनियाँमा चाहिँ क्रान्तिकारी भई दिन्छन
अर्को थरी
घर भित्र प्रगतिशील भई दिन्छन
बाहिर देश दुनियाँमा आँखा चिम्लेर
दक्षिणपन्थी संग अंगालो हाल्न पुग्दछन
किनकी उनलाई यसै गर्दा फाइदा भइ रहन्छ
कुरा वर्ग संघर्षको गरे पनि
व्यबहारमा वर्ग बैरि संग अंकमाल गर्न पुग्दछन्
र वर्ग समन्वयकारी व्यबहार गरि दिन्छन
बाटो पश्चगमनको लिएर हिंँडिरहेको छ
तर दुनियाँलाई पूर्ब हिडदै छु भनी दिन्छ
भीडले यसैलाई मानेर ताली बजाइ दिन्छन्

वि.सं.२०८० असार २३ शनिवार ०८:१० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...