सुरेश चन्द्र घिमिरे
लमजुङ, हाल काठमाडौ
१.
असार लाग्यो है
बढेन वर्षा न दुःख हर्ष
त्साह भाग्यो है
२.
विग्रने चाँजो छ
जन्मेको ठाउँ, बस्दैनन् गाउँ
खेतमा बाँझो छ
३.
खण्डित वृष्टि भो
समान किन देखेनौ इन्द्र
कपटी दृष्टि भो
४.
निराश भर्दैछ
मौसम बन्यो बाढी र शुक्खा
विभेद गर्दैछ
५.
परीक्षा लिँदैछौ
मानव भए पापिष्ट आज
सजायँ दिँदैछौ ।
लय : असारे लय,
गायनक्रम : पात श्र मुना श्र पात
अक्षर संरचना : ६ – १० – ६
वि.सं.२०८० असार २३ शनिवार ०८:०९ मा प्रकाशित






























