back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०८० साउन ६ शनिवार

1K 

shares

प्रमोद भट्टराई ’प्रतीक’, कौशलटार, भक्तपुर

१.
मौसम जस्तो सजिलो हुँदैन भविष्यको अनुमान
समस्या पर्दा कहाँ भेट्नु ? सहयोग गर्ने हनुमान ।

२.
पौरख भए पो देखाउनु त्यही शक्ति त हो देखाउने
जनता भए खेलौना जसले सक्छ उसैले खेलाउने ।

३.
कागजमा बजेट कोर्छन् खल्ती भर्छन् पिट्छन् डङ्का
कान चिरिएको देख्दै लाग्थ्यो गर्दैनन् भन्ने शङ्का ।

४.
एउटा कुर्सी छ तिनचार जना मिल्छन् घुम्ने मेच खेल्छन्
जनता रमिते मात्रै भए उल्टो दुवैतिरकाले पेल्छन् ।

५.
हे पशुपति नाथ ! लौ न कृपा गर तिम्रै त हो यो कैलाशको देश
तिम्रो जलहरीमा नै आँखा गाडे, खोल त्रिनेत्र देखाउ रौद्र भेष ।

वि.सं.२०८० साउन ६ शनिवार ०७:४९ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...