स्वीडेन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) स्वीडेनको अध्यक्षमा गंगाप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी परिषद्को उपाध्यक्षमा विजय प्रधान, महासचिवमा राजेन्द्र तामाङ, सचिवमा नरेशकुमार भण्डारी,कोषाध्यक्षमा सुभाषचन्द्र घिमिरे, युवा संयोजक विवेक केसी, महिला संयोजकमा सञ्चिता शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा शक्ति लामा, चुम बहादुर गुरुङ,असरफ अली, अञ्जना गिरी, विमानसिंह तामाङ चयन भएका छन् ।
त्यस्तै अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्यमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन् ।
वि.सं.२०८० साउन १२ शुक्रवार १५:३६ मा प्रकाशित






























