काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा हिलोमा खसेको भ्यान निकाल्न धकेल्ने क्रममा ओभर स्पिड भएर भिरबाट खस्दा चालकसहित २ जनाको मृत्यु भएको छ ।
चन्द्रगिरी नगरपालिका–४ पानीघाट भन्दा माथि हिमचुली भन्ने ठाउँमा बा.१० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब २ सयमिटर तल खस्दा चालक २० वर्षीय नमराजसहित २ जनाको मृत्यु भएको हो । हालसम्म दुवै जना मृतकको एकिन नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ओभर स्पिड भई रोडबाट खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८० साउन १२ शुक्रवार १५:४७ मा प्रकाशित






























