काठमाडौं । निरन्तर रुपमा उतार चढाव आइरहेको सुनको भाउमा साताको अन्तिम दिन शुक्रबार भने गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ र चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा आज चाँदीको भाउ प्रतितोला ४० रुपैयाँले घटेको छ ।
वि.सं.२०८० साउन १२ शुक्रवार १६:०२ मा प्रकाशित






























