back
CTIZAN AD

हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता : सेयर खरिद–बिक्रीमा लगानीकर्तालाई सहज भुक्तानी

वि.सं.२०८० साउन १९ शुक्रवार

1.3K 

shares

काठमाडौं । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाबीच सम्झौता भएको हो । लगानीकर्ताहरुले हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३)बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) का अध्यक्ष एवम् धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै लगानीकर्तालाई भुक्तानी सेवा प्रदायक संस्था इसेवाको प्लेटफर्ममार्फत सेयर खरिदबिक्रीको सेटलेमेन्ट गर्न थप सहज हुने हिमालयनका अध्यक्ष सागर ढकालले बताए ।

‘हाम्रो उद्देश्य लगानीकर्तालाई सरल र सहज रुपमा सेवा प्रदान गर्ने हो,’ ढकालले भने, ‘सोही अनुरुप इसेवाजस्तो भुक्तानी सेवा सम्बन्धी ठूलो प्लेटफर्मसँग हिमालयन ब्रोक्रेजले सेटलेन्ट सेवाका लागि सम्झौता गरेको हो ।’ यस सम्झौतासँगै लगानीकर्ताले हिमालयन ब्रोक्रेजमार्फत खरिदबिक्री गरेको सेयरको सेटलेमन्ट इसेवाको प्लेटफर्ममार्फत गर्न सक्नेछन् ।

लगानीकर्तालाई सहज रुपमा सेवा दिनकै लागि हिमालयन ब्रोक्रेजले डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नविकरण शुल्क नलाग्ने सुविधा ल्याएको थियो ।

अहिले मेरो सेयरको वार्षिक नविकरण शुल्क १ सय ५० रुपैयाँ छ । तर हिमालयनले नेपालमै पहिलो पटक ९९९ रुपैयाँमा तिरेर डिम्याट खाता खोलेपछि आजीवन नविकरण शुल्क नलाग्ने अफर ल्याएको थियो ।

वि.सं.२०८० साउन १९ शुक्रवार १६:२६ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...