Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

‘तिमीलाई मेरो श्रीमानले मन पराउनु हुन्छ रे !’



chanda

नयाँवर्षको पहिलो दिन । सबैले आ–आफ्नै किसीमले नयाँवर्षको स्वागत गरिरहेका थिए । त्यसैपनि नयाँवर्ष रमाइलो नै हुन्छ सबैका लागि । बसन्तऋतुको आगमन । बैशाख महिनामै धेरै जोडीहरुको आत्म साटिने साइत पनि हो ।
मेरा पनि धेरै सपनाहरु थिए २०७३ मा । कति सपना पूरा भए, कति सपना बाँकी रहेँ, कति सोचेका कुराहरु पूरा भए कति पूरा भएनन् । खैर छोडौ यी कुराहरु ।

मेरो लागि गइसकेको नयाँवर्ष केही सुखद पनि रह्यो । नयाँवर्षमा एउटा भरपर्दो साथी भेटेको थिए । हराएको साथी । उसले जीवनभरी मलाई साथ र सहयोग गर्छु भनेको थियो साथीको रुपमा । पहिले त उसको कुरा वाहियात हो भन्ने लाग्यो । एक्लै बाँच्ने मेरो दृढ सपनामाथि कसैले घात गर्न लागेको भान हुन्थ्यो । समाजका लागि नै जीवन अर्पण गर्ने मेरो दृढ संकल्पमाथि उँ बाधा हाल्न आएजस्तो लागेथ्यो । तर, मन एक्लो पनि त थियो । कोही साथी पनि खोजेको थियो ।

यहि प्रकृतिको नियम भएर होला । हरेक क्षण कोहि साथीको आवस्यकता हुन्छ मानिसलाई । मानिस एक्लो बस्नै सक्तैन । बसि हाल्यो र कोशिष गर्यो भनेपनि उसको आयु छोटो हुने विज्ञानले पनि फ्रुफ गरेको छ । त्यसैले जति सक्छौ साथीसँगै बस । मनको कुरा सेयर गर । दुःखमा साथ देउ । सुखमा सँगै हाँसिदेउ । सायद यहि नै प्रकृतिको नियम होला । कहीलेकाँही मलाई त्यस्तै महसुस हुन्थ्यो । के मैले कसैको साथ लिन हुँदैन् ? कसैको माया पाउँनु पाप हो ? कसैको साथ लिनु समाजको लागि घात हो ? मेरो जीवन त मैले पो बाँच्ने हो, अरुले बाँचिदिने हो र ? मन यहि सोचिरहन्थ्यो । त्यसैले त मैले उसलाई दुःख सुखका कुराहरु बाड्ने साथी बनाउँने सोँचे ।

हो, उ मेरो पुरानो साथी पनि थियो । कहिले काँही कामगर्ने क्रममा फिल्डमा सँगै पनि थियौं । तर, समय र परिस्थिति अनुसार उ धेरै वर्ष हराएको थियो । मनको कुना–कुनामा कहि कतै उ नभएको होइन्, उसको सम्झना पनि नआएको होइन्, तर, जीवन जीउने क्रममा उसलाई साथी बाहेक अरु केही सोँचेकी थिइन् ।

धर्तिमा मानव भएर जन्म लिइसकेपछि समय र परिस्थिति अनुसार चल्दै जानु पर्दोरहेछ । समय र परिस्थिले दिएको सबै चोटहरुमा सम्हालिनु पर्दोरहेछ । अनि खुसीहरु पनि अंगाल्नु पर्दोरहेछ । हो, प्रकृतिको त्यहि मान्यतालाई अंगाल्दै सुखमा नमात्तिइ अनि दुःखमा नआत्तिइ जीवन अगाडि बढाइरहेकी थिए ।

प्रेम विवाह गरेकी थिए मैले । परिवारको साथ, सहयोग अनि उपस्थिति विना अंगालेकी थिए मैले उनलाई । कसम खाएकी थिए, जस्तै दुःखमा पनि साथ दिनेछु । अनि उसले पनि त कसम खाएको थियो । जग्गेको फेरोमा सिन्दुरको धर्को हालिदिदैँ जीवनभरी तिमीलाइ माया गर्छु भनेको थियो ।

हातमा स्वयंबरको औठी लगाइदिदैँ भनेको थियो, ‘जसरी सुन खिइदै गएपनि उसको अस्तित्व हराउँदैन, हो त्यसरी नै जीवनको अन्तिमसम्म साहारा दिन्छु तिमीलाई’, उसले गलामा पोते लगाइदिँदै भनेको थियो ‘नेपाली परम्परा अनुसार जसरी यो पोते मेरो मृत्युको दिनसम्म तिम्रो गलामा बसिरहनेछ, हो त्यसरी नै म तिमीलाई अंगालोमा बेरेर धेरै प्यार दिनेछु प्रिय ! भाग्यले साथ दिएमा अर्को जुनी पनि ।’ अनि उसले दुवोको माला लगाइदिने क्रममा आँखा जुधाउँदै आँखाभरी आँसु र मनभरी उमंग लिएर भनेको थियो, ‘जबसम्म यी दुईजोडी आँखाले संसार देख्न पाउँछु तिमीलाई एकपल पनि यी आँखाबाट दूर जान दिनेछैन ।’

अनि सुहागरातको रातमा उसले रातभरी अंगालोमा राखेर भनेको थियो, ‘ प्रिय मलाई एकछिन पनि छोडेर टाढा नजाउँ है, है म तिमी बिना बाँच्न सक्तिन् ।’ हो, त्यतिबेला मेरो पनि आँखा भरिएका थिए । लागेथ्यो मेरो अंग अंगहरु खुसीमा रसाइरहेका छन् । मेरो अंग–अंगमा उसले दिएको यतिधेरै मायाको नशा जीवनभरी नउत्रने गरी लागिरहेको थियो ।

एउटा पल थियो त्यो । कल्पनाको सिंगो युग बाचेकी थिए म उसँग । भावनामा अनि मायामा । तर, केही समयपछि यी सबै बाचाहरु तोडिए, उँ मबाट टाढा गयो । मैले त्यसैलाई जिन्दगी माने । अनि सोँचे, सम्झे जस्तो र सोँचेजस्तो हुन्न जीवन, भावनामा त जहाँ पनि पुगिदो रहेछ । जस्तो बाचा पनि बाँधिदोरहेछ ।

धेरै भएको थियो । उँ, म अनि मेरो सन्तानबाट टाढिएको । मलाई जस्तै कसम र बाचा बन्धन गराउँदै, मलाई जस्तै तिमी विना बाँच्न सक्तिन भन्दै, उसले अरु कसैसँग घर गृहस्थी बसाइ सकेको थियो ।

जीवनको यात्रा एक्लै चलिरहेको थियो । कही पहाड थिए त कतै समथर अनि कतै फूल थिए त कतै काँडा । सायद जीवनको परिभाषा यहि रहेछ । त्यसैले त भन्छन मानिसहरु ‘जीवन कहिले घाम कहिले छायाँ ।’ आखिर मेरो लागि पनि त प्रकृतिको त्यहि नियम लागु हुन्छ नी !’

धेरै पछि पवनसँग भेट भएको थियो, मेरो । मेरो अफिसको कामले पुगेकी थिए त्यहाँ । पर पट्टि पवन थियो । कोट पाइन्ट, कालो जुत्ता, आकासी रंङको शर्टमाथि प्याजी कलरको टाइ लगाएको थियो उसले । खुव सुहाएको थियो । फ्रोफेसनल मान्छे देखिएको थियो पवन । त्यहाँ सहभागी जो कोहीको पनि आँखा उ माथि परेको हुन्थ्यो । उ मुसुक्क मुस्कुराउथ्यो ।

म कता–कता भ्रममा रहेजस्तो लाग्यो । के त्यो साँच्चै त्यहि पवन हो त ? त्यतिबेला लिखुरे थियो पवन । कुनैदिन पनि उसले कोट पाइन्ट लगाएको या चिटिक्क परेको देखेकी थिइन् । साच्चै राम्रो देखिएको थियो पवन ।

उ मेरो नजिक आयो । म सँग कुरा गर्न अनकनाइरहेको थियो । मेरो बिहे भएपछि मेरो शरीर उसले देखेको बेला जस्तो थिएन । म केही मोटाएकी थिए । उसले म नजदिक आएर भन्यो ‘हेलो, तपाइ समिरा होइन ?’ मैले पनि मजाक गरिदिए, होइन नी, तपाइलाई त्यस्तो लाग्यो ?’ आनन्द आइरहेको थियो विगत सम्झदै उसलाई झुक्याउँदै गर्न । उ अलि नर्भस बन्यो । ‘अब कति झुट बोलौं’ भन्ने लाग्यो अनि मैले भने ‘हो नी म त्यहि समिरा हो, चिनेनौ ?’ उ एक्कासी आत्तिएर भन्यो ‘कहाँ थियौं यत्तिका समय ?’

हामी नजिकैको चिया पसलमा गयौं । यसले चिया अर्डर गरेर मलाई बस्न आग्रह गर्यो । मैले मेरो विगतका सबै कुरा सुनाए । कसरी कहाँबाट कहाँ आए भन्ने कुरा । उसले पनि ती दिनहरु सम्झदै आफ्ना अहिलेसम्मका प्रगति र उन्नती अनि आरोह–अबरोहका बारेमा सुनायो ।

उसको र मेरो काम गर्ने पेसा एउटै थियो । हामी नेपाली किसानको उन्नती र अवनति गर्ने अभियानमा थियौं । पवन यसमा व्यवसायकि बनिसकेको थियो भने म समाजिकरुपम नै अगाडि बढ्ने जोड दिएकी थिए । यसमा मेरो कमाइ सन्तानको पढाइका लागि खर्च जोहो गर्नु मात्र थियो । त्यो दिन हामी फोन नम्बर अनि फेसबुकको आइडी आदान–प्रदान गरेर छुटियौं । उसले त्यहि रात फेरि फोन गर्यो । मलाई त्यतिबेलै मन पराएको कुरा सुनायो । तर, परिस्थितिबस टाढिनु परेको कुरा पनि सुनायो । त्यहि रात नै उसले मलाई ‘तिमी कसैको श्रीमती भइसकेको र म पनि कसैको श्रीमान भइसकेकोले साथी बनेर अगाडि बढौ भनेर प्रस्ताव गर्यो ।’ मैले ‘हुन्छ’ भनिदिए । उसले ‘तिम्रो हरेक सुख दुःखमा साथ दिन्छु तर टाढै रहेर’ भनेर मेरो मन पनि जित्यो ।

यसरी नै दिन वित्दै गए । एकले अर्काको दुःख पीडाहरु सेयर गर्दै आगाडि बढ्यौं । काम एउटै भएकोले पनि धेरैपटक भेट भयो ।

२०७३ लाई विदाइ गरेर ०७४ को स्वागतमा थियौं सबै । दुःख पिडा अभाव त सबैतिर थियो । तर, पीडाहरु पर सारेर, दुःखहरु भुलाएर अरु जस्तै म पनि नयाँवर्षको स्वागतमा थिए । नयाँवर्षको पहिलो दिन पवनले फोन गरेर भन्यो ‘छोरीलाई लिएर चितवन आउन ।’ उसको बाबाले छोडेपछि हामी आमाछोरी मात्र थियौं । सामाजिक काममा कहिले कहाँ कहिले कहाँ हिड्नु पर्दा उसलाई राम्रोसँग टाइम दिन सकिरहेकी थिइन् । उसलाई घुमाउने, हात्ति चढाउने र कुनै होटलमा रात विताउने सोच लिएर भरतपुरसम्म बुद्ध एयरको प्लेनमा जाने निर्णय गरे । दुइजनाको लागि बुद्ध एयरको टिकट काटेर आमाछोरी हिड्यौं । छोरी पनि खुसी थिइ ।

जब चितवन पुगे, पवन पनि आएको थियो । उसले मलाई पहिले भनेको थिएन, परिवार पनि लिएर आउँछु भनेर । एक्कासी श्रीमतीसँग परिचय गरायो, ‘उनी मेरी श्रीमती शीखा’ । छोराछोरीसँग परिचय गरायो । मनमनै सोचेँ कति राम्रो रहेछ पवनको परिवार । कति माया गर्दोरहेछ परिवालाई । अरुका श्रीमानले जस्तो केटी साथिहरु लिएर गएजस्तै एक्लै आएको रहेनछ । परिवारलाई ढाटेनछ । असल पति बनेको रहेछ पवन ।

उसकी श्रीमती सरल थिइन् । सोझी थिइन् । बोली बोलीमा तपाई हजुर गरेर बोल्थिन् । मेरो छोरीलाई पनि माया गरेर बोलाउँथिन् । मानविय गुण सबै थियो उनमा । कतै खोट लगाउने मिल्ने थिएन । उनका छोराछोरी पनि त्यत्तिकै राम्रा । शील स्वभावका । उनीहरु पनि अत्यन्तै नम्र थिए । सोचे, सायद उनीहरुलाई पवनले एउटै क्षेत्रमा कामगर्ने भनेर मेरो बारेमा भनेको छ होला । संघर्षशील नारी भनेर चिनाएको छ होला ! आफ्नै खुट्टामा उभिएर पनि छोरीलाई पढाएकी छन् भनेको छ होला । त्यो मात्रै होइन, आफूले जाने बुझेसम्म यो समाजको लागि केही गरेकी छन्, पनि भनेको छ होला । हरेक नारीले समाजमा एक्लो जीवन विताउँदा पनि हरेस नखाइ बाच्नुपर्छ समिराले जस्तै गरेर भन्ने उदाहरण दिएको छ होला मेरो बारेमा । त्यहि भनेको छ होला श्रीमतीसँग । म मनमनै मुस्कुराए उँ मेरो असल साथी । असल व्यक्तिले अरुको बारेमा सधै असल कुरा नै गर्छन अनि व्यवहार पनि ।

चितवन पुग्दा रात परिसकेको र उनीहरु पनि थाकिसकेकोले त्यो रात हामी केही भलाकुसारी गरेर छुट्टियौं । राति उसले म्यासेज गर्यो ‘कस्तो लाग्यो मेरी बुढी ?’ मैले भेटमा जे सोँचेको थिए त्यहि भने । उसले स्माइली साइन पठायो । छोरी सुतेकी थिइ । म पनि एकछिन टोलाए, ‘साच्चै मैले कति राम्रो साथी पाए ।’

अर्को दिन बिहानको नित्यकर्म सकेर म बाहिर निस्कीए । उनीहरु पनि होटलको लविमा थिए । हाम्रो कार्यक्रम हात्तिमा चढेर घुम्नु थियो । केटाकेटी र पवनलाई छोडेर केही बेर हामी दुइटी एक्लै भयौं । उनी अलि निराश थिइन् । प्रत्येक पटक आमने–सामने हुँदा केही भन्न खोजेको भान हुन्थ्यो मलाइ । मलाई महसुस भइसकेको थियो उनी केही अप्ठेरोमा थिइन् ।

विहानको मौसम हुस्सु लागेको थियो । घाम लाग्छ की लाग्दैन भन्ने थाहा थिएन । लाग्दैथ्यो केहीक्षणमा मुसलधारे पानी पर्दैछ । शीखाले एक्कासी मेरो हात समातिन्, अनि भनिन् ‘ समिरा एउटा कुरा भन्छु तपाइ पवनलाई नभन्नोस् ल !’ मेरो मुटु ढक्क फुल्यो । के भन्न लागेकी हुन उनले भनेर । उनेल फेरि नर्भस हुँदै भनिन् ‘मेरो श्रीमानले तपाइलाई मन पराउनुहुन्छ रे ! त्यति भनिसक्दा उनको आँखाभरी आँसु भएिको थियो । उनलाई मात्र होइन, मलाइ नै सम्हालिन गार्यो भइसकेको थियो । साथीको रुपमा साथ दिन्छु भनेको मान्छेले कसरी मलाई मन पराउँछु भनेर भन्न सक्यो ?, कसरी आँट गर्यो मन मुटु दिएर, परिवार नै छोडेर उसलाई सर्वस्व ठानेर साथ लागेर आएकी श्रीमतीलाई ! कसरी भन्न सक्यो म अर्को स्त्रीलाई मन पराउँछु भनेर ? के सबै मान्छेहरु यस्तै हुन्छन, के सबैले यसरी नै आफ्नो जीवनसंगीनीको मन तोड्छन् ? के यसरी नै सबैले आफ्नी जीवनसंगीनीलाई यसरी नै झुक्याउँछन् ।

मैले सीखाको हात समाए । आँखाभरी आँसु बनायौं दुवैले । शीखा पवन र मेरो काम एउटै भएकोले हामी सँगै हिड्यौं, सँगै काम गर्यो, कहिलेकाँही दुःख सुख सेयर पनि गर्यो तर पवनको सोचाइ अर्कै रहेछ । मलाई माफ गरिदेउ साथी । म तिमीलाई रुवाएर तिम्रो श्रीमानको मन पराउने मान्छे बन्न सक्तिन् । तिमी ढुक्क बन म कहिल्यै पनि तिमीलाई एक्लो बनाउँदिन साथी । मलाई थाहाँ छ माया गर्ने मान्छेले साथ छाड्दाको पीडा । तर, एउटा कुरा तिमीले पनि साथ दिनु पर्छ । म पवनको अगाडि जे भनेर घर फर्कन्छु, तिमीले त्यो रहस्य पवनका सामु कहिल्यै खोल्ने छैनौं । तिमी सुखी र खुसी रहनु प्रिय साथी तिमीले बेलैमा जे ग¥यौं राम्रो गर्यौ अव म कहिल्यै पनि पवनको नजदिक हुने छैन


पवनप्रति बढेको साथित्वको भाव र सम्मान टुट्यो । टाउँको फनफनी घुमायो । अनि सीखाको हात च्याप्प समाएर पवन भए ठाउँ आए । मुहारमा बनावटी मुस्कान ल्याए । अनि उसको अगाडि सम्हालिएर सीखालाई अप्ठ्यारो नहुने गरी आत्तिदै भने, ‘पवन मेरा श्रीमान फर्केर आएका छन । उनले मलाई तुरुन्तै काठमाडौं बोलाएका छन् । पवन उनले आफ्नो भुल स्विकारेका छन् । अनि ‘माफ देउ’ समीरा, तिमीसँगै बस्न चाहान्छु भनेर भनेका छन् । पवन म जान्छु ।

पवन तिम्रो साथ अनि यो सबै हस्पिटालिटीलाई धन्यवाद ! अनि तिमी र तिम्रो परिवारलाई नयाावर्षको धेरै–धेरै शुभकामना छ ।

मनमनै पवनसँग अब कहिल्यै नभेट्ने बाचा गरेर एउटा हातमा व्याग र एउटा हातले छोरीको हात समाएर काठमाडौं फर्किए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १