back
CTIZAN AD

भ्रष्टाचारी र तिनका रक्षकहरुले अप्ठेरो पारे भनेर चुप बस्दैनौंँ -गृहमन्त्री श्रेष्ठ

वि.सं.२०८० भदौ १ शुक्रवार

1.6K 

shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, तस्करी र ठगहरु तथा तिनका रक्षकहरुले सरकारलाई अप्ठेरो पारे भनेर तै चुप मै चुप भएर सरकार नबस्ने बताएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिका ३ मा रहेको गोरखाआधारभूत अस्पतालको समुद्घाटन गर्न शुक्रबार त्यहाँ पुगेका उपप्रधानमन्त्री श्रेष्ठले जनतलाई न्याय तथा शुसासन दिने अभियानका क्रममा भ्रष्टाचारी, ठगहरु, तस्कर लगायतका छट्पटिए भनेर सरकार पहिलेको अवस्था जे छ त्यसमै बसौ भनेर पछि नहट्ने बताए ।

‘तस्करीका विरुद्ध जति जति अभियान अगाडि बढ्दै छ त्यति त्यति, भ्रष्टाचारी, तस्करहरु, सुदखोरीहरु, ठग अपराधि लगायतका एकातिर आत्तिएका छन् भने अर्कोतिर तिनका रक्षकहरु यो अभियानलाई अगाडि बढ्न नदिन कसरी सरकरालाई भाजो हाल्न सकिन्छ र त्यस कामबाट रोक्न सकिन्छ भनेर विभिन्न षडयन्त्र र कामहरु भइरहेका छन् ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

उनले सरकारले राम्रा काम गर्न थालेपछि नाराम्राहरुले राम्रो काम सहज अगाडि बढ्न नदिने नियम नै रहेको भन्दै तस्करहरु छट्पटिए भनेर र तिनका संरक्षकहरुले सरकारलाई अप्ठेरो पारे भनेर आफु पछि नहट्ने बताए ।

‘कोही निर्दोष फस्ने काम हुँदैन र कोही दोषी र अपराधिलाई छोड्ने काम पनि हुँदैन । जुनबेला सम्म हाम्रो सरकार रहन्छ सरकारले शुसासनलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने छ ।

उनले भष्टाचार लगायतका सबै प्रकारका अपराधमा संलग्नहरुले आफै आएर प्रहरी सामु आत्मसर्पण गर्न आग्रह गर्दै नगरेमा अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको कठघरामा ल्याइ छाड्ने बताए ।

‘त्यसका लागि मन्त्रीलाई धम्कि दिएर, मन्त्रीलाई पख्लास् भनेर वा मन्त्रीलाई घेराबन्दिीमा राखेर काम गर्न नदिएर कसैले आफ्नो सपना पूरा हुन्छ भनेर नसोचे हुन्छ । हामी पदका लागि पदमा गएका हाइनौं । देश र जनताको काम गर्न गएका हौं । यो अभियान बिसर्जित गर्दैनौं । यो सुशासनको अभियान रोकिने छैन । कसैले रोक्छौं र रोक्यौ भनेर नठाने हुन्छ ।’उनले भने ।

वि.सं.२०८० भदौ १ शुक्रवार १३:३६ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...