
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, तस्करी र ठगहरु तथा तिनका रक्षकहरुले सरकारलाई अप्ठेरो पारे भनेर तै चुप मै चुप भएर सरकार नबस्ने बताएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिका ३ मा रहेको गोरखाआधारभूत अस्पतालको समुद्घाटन गर्न शुक्रबार त्यहाँ पुगेका उपप्रधानमन्त्री श्रेष्ठले जनतलाई न्याय तथा शुसासन दिने अभियानका क्रममा भ्रष्टाचारी, ठगहरु, तस्कर लगायतका छट्पटिए भनेर सरकार पहिलेको अवस्था जे छ त्यसमै बसौ भनेर पछि नहट्ने बताए ।
‘तस्करीका विरुद्ध जति जति अभियान अगाडि बढ्दै छ त्यति त्यति, भ्रष्टाचारी, तस्करहरु, सुदखोरीहरु, ठग अपराधि लगायतका एकातिर आत्तिएका छन् भने अर्कोतिर तिनका रक्षकहरु यो अभियानलाई अगाडि बढ्न नदिन कसरी सरकरालाई भाजो हाल्न सकिन्छ र त्यस कामबाट रोक्न सकिन्छ भनेर विभिन्न षडयन्त्र र कामहरु भइरहेका छन् ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
उनले सरकारले राम्रा काम गर्न थालेपछि नाराम्राहरुले राम्रो काम सहज अगाडि बढ्न नदिने नियम नै रहेको भन्दै तस्करहरु छट्पटिए भनेर र तिनका संरक्षकहरुले सरकारलाई अप्ठेरो पारे भनेर आफु पछि नहट्ने बताए ।
‘कोही निर्दोष फस्ने काम हुँदैन र कोही दोषी र अपराधिलाई छोड्ने काम पनि हुँदैन । जुनबेला सम्म हाम्रो सरकार रहन्छ सरकारले शुसासनलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने छ ।
उनले भष्टाचार लगायतका सबै प्रकारका अपराधमा संलग्नहरुले आफै आएर प्रहरी सामु आत्मसर्पण गर्न आग्रह गर्दै नगरेमा अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको कठघरामा ल्याइ छाड्ने बताए ।
‘त्यसका लागि मन्त्रीलाई धम्कि दिएर, मन्त्रीलाई पख्लास् भनेर वा मन्त्रीलाई घेराबन्दिीमा राखेर काम गर्न नदिएर कसैले आफ्नो सपना पूरा हुन्छ भनेर नसोचे हुन्छ । हामी पदका लागि पदमा गएका हाइनौं । देश र जनताको काम गर्न गएका हौं । यो अभियान बिसर्जित गर्दैनौं । यो सुशासनको अभियान रोकिने छैन । कसैले रोक्छौं र रोक्यौ भनेर नठाने हुन्छ ।’उनले भने ।
वि.सं.२०८० भदौ १ शुक्रवार १३:३६ मा प्रकाशित