back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० भदौ २ शनिवार

1.1K 

shares

गोविन्द शाही,शुभ-कालिका, कालिकोट


आमा बुबा मिलुन अरु कोहि न मिलुन
मर्नै परे पनि मर्छु बरु कोहि न मिलुन
अर्को जन्म साच्चीकै हुन्छ भने प्रभु
यो जन्ममा मिलेकाहरु कोहि न मिलुन ।


यात्रामा यस्तो बिचित्र पर्खाल भेटाए
आज मैले मित्रता भित्र पर्खाल भेटाए
मलाई घाटामा पारी आफू फाईदामा हुन
मेरो हिडने बाटोमा मित्र पर्खाल भेटाए ।


मेरो याद आउँदा खेरि कसरी बस्लिन
साँझ बिहान बाटो हेरी कसरी बस्लिन
चोली फेर्न खुसी हेर्न परदेश जाँउ भने
आमा घरमा एक्लै फेरि कसरी बस्लिन ।


केही नलेउ दुःख पिर भएरै छोडछ
कहि हलचल कहि स्थिर भएरै छोडछ
समय खराब हो, कसैलाई दोष नदेऊ
जे छ भाग्यमा आखिर भएरै छोडछ ।


पाए पछि, जय जय बल्ल शुरु हुन्छ
गर एउटा लक्ष्य तय बल्ल शुरु हुन्छ
ढिलो भएकै छैन मित्र हतार नगर्नुस्
ढुङ्गाको आयु मुर्ति भए बल्ल शुरु हुन्छ ।

 

वि.सं.२०८० भदौ २ शनिवार ०८:०३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...