back
CTIZAN AD

कामना सेवा द्वारा नयाँ निक्षेप योजना सार्वजनिक

वि.सं.२०८० भदौ ५ मंगलवार

753 

shares

काठमाडौं । कामना सेवा विकास वैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्वन्धलाई मजवुत वनाउदै, आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न उपहारको नयाँ परम्पराको शुरुवात स्वरुप ‘तिम्रै लागि’ मुद्दती र वचत खाता सार्वजनिक गरेको हो ।

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन वढेकोमा यस्ता उपहार कुनै अप्ठ्यारो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको शुरुवात गर्न वैंकले नयाँ निक्षेप योजना ल्याएको वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताए ।

सम्वन्धपनको महत्व दर्शाउँदै उक्त खाता हजुरवुवा हजुरआमा, बुवाआमा, श्रीमान्श्री-मती, दाजुभाई, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाहरुले आफ्नो पारिवारिक सम्वन्ध भित्र जो कसैलाई पनि उपहार स्वरुप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ । न्यूनतम १० हजारमा खाता खोल्न सकिने मुद्दती खातामा मासिक रुपमा व्याज प्राप्त गर्न सकिनेछ ।

उक्त खाता खोल्दा बैंकको मोवाईल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशत सम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने वैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको शुरुवात गर्नको लागि ल्यार्ईएको उक्त खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै समेत जान सकिने विशेषता रहेको छ ।

 

 

वि.सं.२०८० भदौ ५ मंगलवार १०:५४ मा प्रकाशित

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...