back
CTIZAN AD

तीज गीत – “तीन महिने अभियानमा जुटौ बरीलै”

वि.सं.२०८० भदौ ६ बुधवार

1.9K 

shares

जनतासँग माओवादी, कार्यक्रम आको छ ।
रुपान्तरण शब्द आफै, बिशेष भाको छ ।।
सम्बन्ध र रुपान्तरण, अनुृभूति हुनलाई ।
तीन महिने अभियानमा, जुटौं बरीलै ।।

जनताले तीतो पिरो, नमिठो नी मान्या छन् ।
सप्रेको व्यवहार हेर्न, आतुर देखाछन् ।।
भ्रष्टाचारी माफीयागिरी, थरथर हुन थाल्याछन् ।
खुटटा कत्ति नकपाउन, भनौ बरीलै ।।

व्यवस्थाकै उलटपुलट, गर्ने शक्ति यहि हो ।
अवस्थामै परीवर्तन, खोज्नु सहि हो ।।
कमजोरीमा माफी मागौ, जनता हाम्रो भरोशा ।
जनतासँग गठबन्धन, गरौ बरीलै ।।

जनताका पीरमर्का, गुनासोमा ध्यानदिऊँ ।
वडा, टोल र बस्तिसम्म, नयाँलहर ल्याउँ ।।
हेपीएका थिचिएका, समुदाय भेटेर ।
जनतासँग हातेमालो, गरौ बरीलै ।।

खादामाला तामझाम, जनतालाई नगिज्याऊँ ।
उत्पादनमा लागेकालाई, सम्मान गर्दै जाऊँ ।।
शहिद र बेपत्ताका, परीवारलाई साथमा ।
अपनत्व बढाउन, लागौं बरीलै ।।

माटोको माया गर्ने, ठूलो शक्ति यहि छ ।
सक्किने की सच्चिने, एउटा रोज्नै छ ।।
समयले सिठी हान्यो, जनतासँग भेट्नलाई ।
तीन महिने अभियानमा, जुटौ बरीलै।।

(नेकपा(माओवादी केन्द्र) सदस्य, केन्द्रीय निर्वाचन आयोग)

वि.सं.२०८० भदौ ६ बुधवार ०९:५७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...