back
CTIZAN AD

शुल्क वृद्धि खारेज गर्नुपर्ने विद्यार्थी सङ्गठनको माग 

वि.सं.२०८० भदौ ८ शुक्रवार

990 

shares
काठमाडौं । समाजवादी मोर्चाअन्तर्गत संयुक्त विद्यार्थी सङ्गठनले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज गर्नुपर्ने माग गरेका छन् । मोर्चाले हिजो विहिवार पत्रकार सम्मेलन गरी इन्जिनियरिङ अध्ययन संस्थान (आइएओइ)लाई आज शुक्रबार बेलुकासम्म शुल्क वृद्धि खारेज गर्न माग गरेका हुन् ।
विभिन्न चार विद्यार्थी सङ्गठनले इन्जिनियरिङको स्नातक तहअन्तर्गत नियमिततर्फको शुल्क रू ३५ हजारबाट बढाएर रू ८२ हजार र पूर्णतर्फ रू तीन लाख ३० हजारबाट बढाएर रू सात लाख ७५ हजार पुर्‍याइएकोप्रति आपत्ति जनाएका हुन् ।
पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंहले शुल्क वृद्धि खारेज गर्नुपर्ने भन्दै वार्ताको मञ्चन गरेर भ्रममा नपार्न आग्रह गरिन्। उनले विभिन्न कलेजहरूमा भइरहेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको जनाइन्।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शुल्क वृद्धिले विद्यार्थी मर्कामा परेको भन्दै तत्काल शुल्क वृद्धि खारेज गर्नुपर्ने बताइन्। पत्रकार सम्मेलनमा जनता समाजवादीनिकट विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव, नेकपा विप्लवनिकट अखिल (क्रान्तिकारी)का महासचिव नरेन्द्र विश्वकर्मालगायतले शुल्क वृद्धि फिर्ता गरी शिक्षालाई आम नागरिकको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०८० भदौ ८ शुक्रवार ०७:१० मा प्रकाशित

बिमा कम्पनीका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

बिमा कम्पनीका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र...