
चलिरहेको यूक्रेन युद्धको सन्दर्भ होस् या जलवायु परिबर्तनको संकटको विभिन्न क्षेत्रका विशेषज्ञहरुले हालै पुनः चेतावनी दिएका छन् कि विश्व नेतृत्वले यी ठूला र महत्वपूर्ण विषयमा अझ बढी गम्भीरताकासाथ जिम्मेवारीको प्रदर्शन गर्नु पर्दछ । यस्ता विभिन्न ठूला संकटहरुलाई अझ बढ्न दिइनु हुन्न र आपसी सहयोगबाट उचित समयमा समाधान प्राप्त गरिने बातावरण बनाउनै पर्दछ । यूक्रेन युद्धकै कुरा गर्ने हो भने विभिन्न चर्चित विशेषज्ञहरुले भनेका छन् कि यसलाई अमेरिका र रुस बीचको प्रत्यक्ष भिडन्तको दिशामा जान दिइनु हुन्न । उनीहरुले प्रष्ट के औंल्याएका छन् कि – हामीले अन्ततः के विर्सनु हुँदैन भने विश्वमा झण्डै झण्डै १३,००० परमाणु हतियाारमध्येमा ९० प्रतिशत यी दुइ देश अमेरिका र रुससँग छन् । अनि त्यसरी नै जलवायु परिबर्तनको संकटका बारेमा पनि विश्वका विभिन्न विशेषज्ञहरुले के भन्दै आएका छन् भने यसको पनि आफ्नो ‘टिपिङ्ग प्वाइण्ट’ (नाजुक विन्दू) छ, त्यसको अतिक्रमण भयो भने त्यो संकट तीव्र गतिले बढेर मानव नियन्त्रणभन्दा बाहिर जाने गम्भीर खतरा उत्पन्न हुन सक्छ ।
आजको विश्व नेतृत्वका सामु यूवा पिढी र आजका निर्दोष बाल बालिकाकाप्रति र समग्रमा भावी पिढीकाप्रति अत्यन्तै ठूलो जिम्मेवारी छ कि ती सबैका लागि एउटा सुरक्षित संसार छोडेर हामीले जानु पर्दछ । यसका लाािग विश्व स्तरका सबै खतराहरुको समाधान गर्ने कुरालाई उच्च प्राथमिकता दिदै अन्तर्राष्ट्रिय परस्पर सहयोगबाट काम गर्नु पर्दछ र निर्धारित सय भित्र कुनै एउटा महत्वपूर्ण सम्झौता गर्नु पर्दछ अनि विश्वका साझा मुद्दा र विश्वको सुरक्षाका अहं विषयमा आम सहमतिको निर्माण गर्नु पर्दछ । तर सबैभन्दा गहिरो र गम्भीर चिन्ताको विषय के छ भने विश्व विभिन्न किसिमका विबाद र झगडामा फँसेको र छ यस दिशामा चिन्ता र महत्वपूर्ण प्रगति गर्न सकिरहेको छैन । महाविनाशका हतियारहरुकै कुरा मात्र गर्ने हो भने पनि आज विश्वमा झण्डै झण्डै १३,००० परमाणु हतियार विद्यमाान छन् । ती मध्ये अधिकांशको विध्वंशक क्षमता ती परमाणु बमहरुको भन्दा अत्याधिक बढी छ जसलाई १९४५ अगष्ट ६ र ९ मा हिरोशिमा र नागाशाकीमा अमेरिकाले खसालेको थियो । आज विश्वका ९ देशसँग परमाणु हतियार छन् । ती परमाणु हतियारहरु १४ देशमा तैनाथ राखिएका छन् । यसका अतिरिक्त विभिन्न सामुद्रिक जहाज र यानहरु हजारौं परमाणु हातहतियारबाट सुसज्जित भएर निरन्तर समुद्रहरुमा घुमिरहेका छन् ।
यस्तो स्थितिमा आज विश्वको कुनै पनि भाग जमिन या समुद्र ती कुनै पनि हतियारहरुको विध्वंशकताबाट मुक्त र अछुतो छ्रैनन् । युद्धै भइनहाले पनि दुर्घटनाहरु हुन सक्दछन् र यस्ता परमाणु दुर्घटनाबाट मात्रै पनि अत्यन्तै ठूलो क्षति पुग्न सक्छ । त्यसमाथि अझ ठूला सैन्य महाशक्तिहरुका बीच आज परस्पर तनाव निरन्तर बढि रहेको छ । विभिन्न विशेषज्ञहरुले चेतावनी पनि दिइसकेका छन् कि यस्ता तनावहरु लामो समयसम्म निरन्तर कायम रहे भने केवल सन्देह र एक अर्काको मनशायप्रति गलत पहिचन र प्रचारले पनि विना सित्तीमा महाशक्तिहरुका बीच परमाणु युद्ध आरम्भ हुन पनि सक्तछ । यसका अतिरिक्त रोबोट र आर्टिफिशियल इण्टेलीजेण्ट(एआई) हतियाहरुको खतरा पनि बढिरहेको छ । तिनले अगााडि गएर यस्तो पेचिलो र जटील स्थिति उत्पन्न गर्न सक्दछन् जसको लागि आजको विश्व तयार छैन । अर्काे अन्तरीक्षको सैनिकीकरणको खतरा पनि उत्तिकै कायम छ जसबाट एकदमै नराम्रोसँग विश्व प्रभावित हुनसक्छ । अहिले जलवायु परिबर्तनलाई पनि विश्वको सबैभन्दा ठूलो पर्यावरण समस्या मानिएको छ । अनि यसका साथै यससँग अन्य यस्ता पर्यावरणीय समस्या पनि गाँसिएका छन् र तिनीसँग मिल्दाजुल्दा अन्य पर्यावरणीय समस्याहरु पनि छन् । ती सबैको एकीकृत र मिल्दोजुल्दो असर के छ भने ती सबैले विश्वको जीवनदायिनी क्षमतालाई नराम्रोसँग संकटग्रस्त पार्न सक्दछन । यो कुरा त भाबी पिढीमाथि धेरै ठूलो अन्याय हुनजान्छ । धेरै टाढाको कुरा नगरेर जो आजका निर्दोष बाल बच्चा छन् उनीहरुको जीवन कालमा नै यो धरतीको जीवनदायिनी क्षमता(क्यारिङ्ग क्यापासिटी) अत्यन्तै नराम्रोसँग प्रभावित हुन सक्ने कुरालाई ध्यानमा राखेर यस्तो गम्भीर स्थितिमा विश्वस्तरमा सबभन्दा ठूलो जिम्मेवारी के हुन्छ भने यस स्थितिलाई समयमै चिन्नु र सम्हालिनु पर्दछ ।
यससँग मिल्दोजुल्दो समस्याकोरुपमा विश्वस्तरमा विभिन्न खतरना प्रविधिहरु पनि आइरहेका छन् । ती पनि खाद्य तथा कृषि, स्वास्थ्य तथा सञ्चार जस्ता संबेदनशील र आधारभूत क्षेत्रमा । यी समस्याका बारेमा विभिन्न विज्ञ र ज्ञाता मानिहरुले गम्भीर चेतावनीहरु दिइरहेका छन् कि त्यस्ता प्रविधिहरुको तीव्र प्रसारभन्दा पहिला नै तिनको सुरक्षाको सुनिश्चिता गरिनु पर्ने पहिलो आवश्यकता छ । तर जहाँ धेरै ठूल्ठूला बहुराष्ट्रिय विश्वस्तरका कम्पनीहरुको स्वार्थ जोडिएको हुन्छ त्यहाँ त्यस्ता ठूला विशेषज्ञहरुको चेतावनीलाई पनि पूरै उपेक्षा हुन सक्छ र भइ रहेको पनि छ । तीमध्येका कतिपय प्रविधिहरुको उद्देश्य केवल मुनाफा कमाउनु र बढाउनु होइन बरु तिनमाथिको नियन्त्रण बढाउनु पनि रहेको छ । यस सन्दर्भमा विकासशील देशहरुका अनेक विद्वान तथा नेता विशेषरुपले चिन्तित छन् कि यदि कृषि र स्वास्थ्य जस्ता क्षेत्रहरुमा पनि बहुराष्ट्रिय कम्पनीहरु हाबी हुन थाले भने त विकासशील देशहरुो अर्थब्यवस्था र आजीविकामाथि अत्यन्तै ठूलो असर पर्ने छ । यति मात्रै होइन, पर्यावरण र स्वास्थ्यमा पनि अझ तीव्र प्रतिकूल असर थपिने छ ।
ध्यान केन्द्रित रहेको हुनु पर्दछ कि तीमध्येका विभिन्न विकासशील देशहरुले पहिला नै औपनिवेशिक शोषणको एक-दुइ शताब्दीसम्म या त्यसभन्दा पनि बढी समय नराम्रोसँग झेलिसकेका छन् । त्यसबाट उनीहरुले बहुतै ठूलो क्षति ब्यहोरेका छन् । त्यसले गर्दा एउटा ठूलो संघर्ष पछि मात्रै उनीहरुले स्वतन्त्रता प्राप्त गर्न सकेका हुन् । विभिन्न कठिनाईहरुका बीच आफ्ना नागरिकहरुका लागि विभिन्न महत्वपूर्ण थोरै धेरै उपलब्धीहरु पनि हासिल गर्न सकेका या गरेका हुन् । तर अहिले तिनले बहुराष्ट्रिय कम्पनीहरुद्वारा प्रसारित नयाँ प्रविहिरु, सम्पन्नतम देशहरुद्वारा प्रसारित नयाँ ब्यापार तथा लगानी सम्झौताहरु र नियमहरुका कारणले गर्दा उनीहरुले नयाँ कठिनाई र चूनौतिहरुको सामना गर्नु परिरहेको छ । त्यसैले विकासशील र विकासोन्मुख देशहरुले बहुतै सावधानीपूर्ब निर्णय लिनुपर्ने स्थिति छ । जसले गर्दा उनीहरु कुनै अर्को नयाँ जालमा पर्नु नपरोस् र पर्दा त्यसबाट निस्कन कठिन होस् । ध्यान दिनु पर्ने कुरा के छ भने जहाँ पश्चिमा देशहरु यस सन्दर्भमा नयाँ नयाँ चाल चलिरहेका छन् त्यहा विश्व आर्थिक शक्तिको नयाँ केन्द्रकोरुपमा उदाएको चीन पनि आफ्नो तर्फबाट कतिपय आक्रामक नीतिहरु अबलम्बन गर्न थालिरहेको छ । यस स्थितिमा पश्चिमको शोषण बेहोरेका देशहरुले त्यस्तै अर्को शोषणमा परिने पो हो कि भन्ने सन्देह पनि छँदैछ । तर चीनले जसरी बहुध्रुबीय साझा विश्वको कुरालाई जोडदाररुपमा उठाइरहेको छ त्यसमा विश्वको भविष्यप्रति आशाबादी हुन सकिने स्थिति पनि सिर्जना हुँदै गएको छ । चीन समेत रुस, भारत, ब्राजील र दक्षिण अफ्रिका जो व्रिक्समा पनि आवद्ध छन् र अन्य देशहरुलाई पनि त्यसमा आकर्षित गरिरहेका छन्, उनीहरुले साझा पहल र प्रयासलाई अझ सघनरुपमा अघि बढाउनु पर्ने आवश्यकता टढ्कारो देखिन्छ ।
यसका अतिरिक्त विश्वमा जुन बढ्दो विषमता छ र अर्बपतिहरुको संख्या र उनीहरुसँग आज यत्तिका ठूलो आर्थिक र राजनीतिक शक्ति सञ्चित छ जुन केही बर्ष पहिलासम्म सम्भव थिएन । ती मध्येका विभिन्न अर्बपतिहरुलाई सबैभन्दा धनी देशहरुका सरकारको समर्थन मिलिरहेको पनि देखिन्छ । त्यसले गर्दा ती सरकारहरुले खुलंखुल्ला विकासशील देशमा नियन्त्रण नगरेर ती अर्बपतिहरुमार्फत गर्न सक्ने पनि देखिएको छ । आज त्यस्ता अर्बपतिहरुद्वारा सञ्चालित संस्थाहरुको दख्खल हस्तक्षेप स्वास्थ्य, कृषि, शिक्षा जस्ता क्षेत्रमा विश्व स्तरमा बढ्दै गएको पनि देखिएको छ । यसरी तिनले विश्व नीतिमै परिबर्तन ल्याउन सक्ने स्थिति बन्न सक्ने पनि देखिदैछ ।
यस्तो प्रकारको विषम अबस्थामा के एकदमै आवश्यकता बन्न गयो भने स्वाधिनता, न्याय, समानता, शान्ति सुब्यवस्था, पर्यावरण तथा जैविक विविधताको रक्षासँग इमानदारी र निष्ठापूर्बकआम्बद्ध सबै मानिस र संगठनहरुले आ-आफ्ना प्रतिबद्धताहरु र सक्रियतालाई अझ बढाउन, एकताबद्ध र सुदृढ तुल्याउन विलम्ब भइसकेको छ । त्यसरी मात्रै उनीहरुका सामुमा खडा भएका कठिनाई र चूनौतिहरुको ठिकसँग उनीहरुले सामना गर्न सक्नेछन् । अनि विश्वलाई एउटा सुरक्षित भविष्यतर्फ सही किसिमले डोर्याउन सक्नेछन् । अनि यूबा र बालबालिकहरुलाई एउटा राम्रो सुनिश्चित संसार दिन सक्तछन् । यसैका निम्ति आज संसारका बर्गीय शोषण र समाजिक उत्पीडनमा परेका सम्पूर्ण श्रमजीवी बर्ग र आम जन समुदाय एकाकार भएर अग्रसर हुनुको कुनै विकल्प छैन । आजको विश्व आवश्यकता नै यही हो ।