काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले सन्धिखर्कमा रहेको एभरेस्ट ओल्ड होटेल अर्घाखाँची प्रालिसँग छुट सम्झौता गरेको छ । त्यसका साथै बैङ्कले छाया अस्पताल प्रालिसँग पनि सम्झौता गरेको छ ।
सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका ग्राहकले एभरेस्ट ओल्ड होटेलमा खाना र बस्नमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, छाया अस्पतालको बेड चार्ज, सर्जरी, चेकअप, ओपिडी, ल्याब टेस्टलगायत सेवामा पनि १० प्रतिशत छुट पाउने भएका छन् । छुट प्राप्त गर्न बैङ्कको मोबाइल बैङ्किङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने छ ।
वि.सं.२०८० भदौ १३ बुधवार ११:३७ मा प्रकाशित




























