back
CTIZAN AD

लघुकथाः तालिको कमाल !

वि.सं.२०८० भदौ ३० शनिवार

840 

shares

सुरेशकुमार पाण्डे, दाङ, घोराही

‘फलानो धर्म/फलानो धर्म भनेर पाखुरा सेमला सेमल नगरौँ । हामी सबै एउटै देशका नागरिक हौँ । देशको संविधानले धर्म निरपक्ष अंगालेको छ ।’ बद्रीले एउटा सभालाई सम्मोधन गर्दै भने ।’

सभामा बसेकाहरू सबैले पररर ताली पिटे र समर्थन जनाए ।

तर सभामै बसेको एकजना मुरारीले भने ताली पिटेन । बरू बद्रीतिर आँखा तानेर एकोहोरो नियाली रहेको थियो ।

मञ्चको अध्यक्षता गरेका मिलखराजले त्यतै हेरिरहेका थिए । ‘भाई हजूरलाई केही भन्नु छ ?’ मिलखराजले मूरारीलाई सोधे ।

‘हजूर !’ मूरारीले सटिकमा उत्तर दियो ।

भन्नुहोस् के भन्नु छ ?

अहिले यहाँ अतिथी बनेर सम्बोधन गरेका नेताजीको छोराहरू मिलेर हिँजो एउटा अर्को धर्म मान्नेलाई कालो मोसो दलेका मैले आफ्नै आँखाले देखेको छु ।
हाम्रो देशको सम्विधानमा धर्म निरपेक्षता छ । जुनसुकै धर्म मान्न पाइन्छ । सबै धर्म हाम्रै हुन् । सबै धर्मको सम्मान गर्नुपर्छ भनेर एकातिर ‘भ्रम फैलाई’ जनतामा ठाउँ बनाउने । अर्कोतिर ‘आफ्नै उपस्थितिमा’ आफन्ती र लठैत लगाएर अर्को धर्म मानेकालाई कालो मोसो दल्ने । यो दोग्लो कार्यले आकासतर्फ फर्केर थुकेको जस्तो भएन त ?

मूरारीको बिचार सकिएपछि पनि जनताले पररर ताली पिटेर समर्थन जनाए ।

‘वाह ! मेरो देशका जनता, जसले जे भनेपनि ताली पाएकै हुन्छ !’ मुरारीले हास्दै सबैतिर नियाल्दै थप्यो ।

जनताले फेरि पनि पररर ताले पिटे ।

मुख्य अतिथी बनेर उपस्थित बद्री निःशब्द आफ्नो मुख रूमालले छोप्दै सभाबाट हिँडे ।

वि.सं.२०८० भदौ ३० शनिवार ०७:३६ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...