शान्तिराम भट्टराई
तेह्रथुम, हाल -काठमाडौ
मुटुभन्दा मलाई यहाँ माटोको छ माया
यही माटोमा घाम पानी वरपिपलको छाया
पौरखको पिठो पनि अमृतझैँ लाग्छ
मागी खाको व्यन्जन मलाई बेस्वादझैँ लाग्छ
पसिनाको गन्ध मीठो यो माटोमा पोख्दा
संस्कृतिको धनी देश अरुसङ्ग जोख्दा
यही माटोको स्पर्शले निको हुन्छ घाउ
न्यानो काख यतै देख्छु खोज्न कहाँ जाऊँ
फोन नं -९८५२०५१३००
वि.सं.२०८० भदौ ३० शनिवार ०७:३५ मा प्रकाशित






























