back

दोहोरो अङ्कले घट्यो नेप्से, तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार

105 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ ।

आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको कारोबार भएको छ । लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ९८ प्रतिशत र व्यापार समूह एक दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ । आज तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको शेयर मूल्यमा दस प्रतिशतले वृद्धि देखिएको हो ।

शुभम् पावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता शेयर किनबेच भएको छ ।

वि.सं.२०८० असोज ७ आइतवार १७:४७ मा प्रकाशित

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै हिमालयन रि

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै हिमालयन रि

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि प्राथमिक...

दोहोरो अङ्कले घट्यो नेप्से, डेढ अर्ब भन्दा बढी कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, डेढ अर्ब भन्दा बढी कारोबार

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि...

तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार स्थगित

तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार स्थगित

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको...

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज मंसिर...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारको रकम भने बढ्यो

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारको रकम भने बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...