back
CTIZAN AD

पालिकाले नै विपन्न परिवारको लागि बनाइदियो दुई सय २६ ओटा नयाँ घर

वि.सं.२०८० असोज १७ बुधवार

906 

shares

नारायणगढ (चितवन) । जिल्लाको राप्ती नगरपालिकाले विपन्न परिवालाई घर बनाईदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका दुई सय २६ विपन्न परिवरलाई घर निर्माण गरिदिएको हो ।

“निर्वाचनपछि गाउँ घुम्ने क्रममा जनताको अवस्था दयनीय देखेर पालिकाले घर बनाउने योजना सुरु गरेकोे थियो । गाँस, बास र कपास राज्यको दायित्व सम्झेर विपन्नका लागि घर बनाउने कार्यक्रम सञ्चालन गरेको हुँ”, नगरप्रमुख शमशेर लामाले भने, “सोहीअनुसार आफूले गत आर्थिक वर्षमा एक सय घर बनाउने लक्ष्य लिए पनि प्रदेश सरकार र दातृ निकाय तथा विकास साझेदार संस्थाहरुको सहयोगबाट दुई सय २६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।”

चालु आर्थिक वर्षमा समेत पालिकाले दुई सय घर बनाउने लक्ष्य लिएको जानकारी दिँदै उनले थपे, “मेरो कार्यकालमा एक हजार विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।”

नगरपालिकामा रहेका दलित, अल्पसङ्ख्यक र विपन्न परिवाहरु अब घरविहीन भएर र झुपडीमा बस्नु पर्दैन । ‘विपन्नलाई आवास’ कार्यक्रमअन्तर्गत् नगरपालिकाले प्रदेश सरकार र अन्य दातृ संस्थाबाट घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख लामाको भनाइ थियो ।

प्रदेश सरकार र दातृ संस्थाबाट घर प्राप्त गर्नेहरुले घर निर्माणका लागि रु तीन लाख प्राप्त गर्नेछन् । जसमा दुई कोठाको घर र शौचालय रहनेछ । पालिकाबाट बनाइएका घरहरुको हकमा भने एउटा घर निर्माणका लागि रु दुई लाख नगरपालिकाले सहयोग गर्ने र रु २५ हजारबराबरको घरधनीले श्रम गर्नुपर्ने हुन्छ । श्रमदानमार्फत शौचालय पनि बनाउन जागरुक गराइएको थियो ।

हस्तान्तरण गरिएका घरहरुमा प्रदेश सरकारबाट ४५ वटा निर्माण भएकामा पालिका र दातृ निकायबाट एक सय ८१ वटा घर निर्माण गरिएको थियो । घर पाउनेमा पालिकाका चेपाङ् समुदायका ५५ प्रतिशत र बाँकी अन्य समुदाय थिए ।

 

वि.सं.२०८० असोज १७ बुधवार १४:४४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...