back
CTIZAN AD

एनआरएनएको उपमहासचिवका उम्मेदवार भट्टराईको चर्चा बढ़दै

वि.सं.२०८० असोज २१ आइतवार

1.7K 

shares

प्रेम परियार, नर्बे । जर्मनीलाई कर्मभुमी बनाएर लामो समयदेखि गैरआवाशीय नेपालीहरुको हकहितका लागि समर्पित रहेका एनआरएनए अभियन्ता सन्तोष कुमार भट्टराईले आगामी कार्यकालका लागि अध्यक्षका प्रत्याशी डा. बद्री केसीको उम्मेदवारी घोषणा कार्यक्रममा आफु उपमहासचिव पदमा उम्मेदवारी घोषणा सार्वजनिक गरेका छन् ।

आफनो चुनावी प्रचारको क्रममा यूरोप, मध्यपूर्वको यात्रा सकेर हाल नेपाल यात्रामा रहेका भट्टराई युरोप क्षेत्रीय संयोजक समेतको अनुभव तथा सन् २००५ देखि गैरआवाशीय नेपाली अभियानमा आवद्ध भट्टराई २०२३–२०२५ का लागि उम्मेदवारी घोषणासंगै विभिन्न प्रतिवद्दताहरु सार्वजनिक गरेकाक छन् ।

सन् २००५ आईसीसी सदस्य, यूरोप क्षेत्रीय संयोजक, विभिन्न कार्यदल र जिम्मेवारीमा निरन्तरता दिदै संघको उद्धेश्य प्राप्तिको बाटोमा, क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दाहरूको पक्षपोषण, आम पंजिकृत सदस्यहरूको भावना, निष्पक्ष निर्वाचन र आगामी विश्व सम्मेलनको सुनिश्चितता तथा बृहद एकताको निम्ति आफूले सकेको योगदान गरेको र आगामी दिनमा सबैको सहयोग पाएमा अझ बढी योगदान गर्ने बताउछन् ।

साधारण सदस्यहरूलाई प्रभावकारी रूपमा अभियानसंग जोड्ने, क्षेत्रीय परिषदलाई संरचनागत रूपमा ब्यवस्थित गर्ने, राष्ट्रिय समन्वय परिषदहरूलाई अधिकतम अधिकार सम्पन्न गराउदै केन्द्रप्रति उत्तरदायि बनाउने, सबै क्षेत्रहरूमा क्षेत्रिय कोषलाई फाउन्डेशनमार्फत ब्यवस्थापन गर्ने, राष्ट्रिय समन्वय परिषदहरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई थप ब्यवस्थित गर्ने, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई कामगर्ने, सचिवालय बैठकदेखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप ब्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने, पर्यटन र नेपाली उत्पादनको प्रबर्धनलाई राष्ट्रिय समन्वय परिषदहरूको स्थाई कार्यक्रमको अनुभव समेत आगामी कार्यकाल २३–२५ मा केन्द्रीय जिम्मेवारीमा रही काम गर्ने इच्छा जाहेर गर्दै आगामी कार्यकाल २३–२५ को लागी केन्द्रीय उपमहासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

वि.सं.२०८० असोज २१ आइतवार १६:५३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...