back
CTIZAN AD

हुलाकी सडक कालोपत्र भएपछि आवागमन सहज

वि.सं.२०८० कात्तिक १० शुक्रवार

1.2K 

shares

राँझा (बाँके) । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्र भएपछि अहिले राप्ती सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर बिष्टले बताए ।

“सडक नबन्दा विद्यालय जानआउन वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपथ्र्यो”, उनले भने, “सडक निर्माण भएपछि अब नेपालगञ्जबाटै आवतजावत गर्न सकिने भएको छ ।”

यो सडक निर्माण भएपछि राप्ती सोनारी गाउँपालिका-१, २, ३, ४, ५ र ६ का वडावासीलाई नेपालगञ्ज पुग्न सहज भएको उनको भनाइ छ । फत्तेपुर, विनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि अहिले सहज भएको छ ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणको कामसमेत भएको छ । सडक निर्माण भएपछि अहिले गाउँपालिका कार्यालय जानआउन धेरै सहज भएको राप्ती सोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

“सडक नबन्द वर्षायाममा गाउँपालिका कार्यालय पुग्न दुःख हुन्थ्यो, हुलाकी सडक बनेपछि अव धेरै सुविस्ता भएको छ”, उनले भने, “विगतमा बिग्रेको बाटोमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःख कष्ट पाउने गरेकामा अहिले सडक बनेपछि सबैलाई सहज भएको छ ।”

हुलाकी सडक बनेसँगै अहिले पूर्व-पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ ।

फत्तेपुर नर्सरीदेखि वैजापुरसम्मको सडक निर्माण कार्य अहिले पनि जारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार, वैजापुरलगायत केही स्थानमा सडक निर्माणको काम भइरहेको छ । सडकमा अन्तिम चरणको कालोपत्रको काम भइरहेको छ ।

आगामी कात्तिकसम्म सडक निर्माणको समय रहेको जानकारी दिँदै पाण्डेले सडक निर्माण पूरा नभए पनि हाल स्थानीयलाई आवागमनमा सहजता भएको बताए । सडक निर्माण भएपछि राप्तीसोनारी गाउँपालिका-१ देखि ७ सम्मका बासिन्दालाई आवागमनमा धेरै सहजता हुने उनको भनाइ छ । नेपालगञ्जबाट हुलाकी सडकअन्तर्गत दक्षिणतर्फ सिधनिया कटकुइँयासम्मको सडकको काम सम्पन्न भइसकेको छ ।
रासस/फाइल फोटोे

वि.सं.२०८० कात्तिक १० शुक्रवार १३:४७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...