back
CTIZAN AD

जाजरकोट भूकम्प : जाजरकोटमा ९२ र रुकुमपश्मिमा ३७ जना गरी १२८ जनाको मृत्यु

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.9K 

shares

काठमाडौं । शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टरको भूकम्पका कारण हालससम्म १२९ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार मध्यराती गएको उक्त भूकम्पका कारण जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ जना गरी १२९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

भूकम्प अपडेट : भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८

प्रहरीको तथ्यांक अनुसार जाजरकोटमा ५५ जना र रुकुमपश्चिममा ८५ जना गरी १४० जना घाईते भएका छन् । घाईतेहरुको जाजरकोट जिल्ला अस्पताल लगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उद्धार कार्य जारी रहेको छ ।

जारजकोटको नलगाड नगरपालिकामा धेरै मानविय क्षति भएको छ । पालिकाकी प्रमुख सरिता सिंहसहित त्यहाँ धेरैजनाको भूकम्पका कारण मृत्यु भएको छ ।

जाजरकोटको सदरमुकाम खलंगाबाट ८ घण्टाको दूरीमा रहेको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बजार क्षेत्रमा बढी मानविय क्षति गरेको बताइएको छ । केन्द्रबिन्दु रामीडाँडाँमा घरहरु बढी भत्किए पनि मानविय क्षति नभएको पालिकाले जनाएको छ । साथै नलगाड र भेरीनगरपालिकामा पनि बढी मानविय क्षति भएकोछ ।

जाजरकोट सदरमुकामका सडकहरु धुँजा धुजा भएको र संचार सम्पर्क पनि टुटेका कारण क्षतिको पूर्ण विवरण आइनसकेको बताइएको छ ।
भेरी नगरपालिकामा ३५ जना र नलगाड नगरपालिकामा उपप्रमुखसहित ५० जनाको मृत्यु भएको जनाइएको छ ।

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:३० मा प्रकाशित

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...