back
CTIZAN AD

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

वि.सं.२०८० मंसिर ७ बिहीवार

1.4K 

shares

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्ने समूहको छानबिन गर्ने मागका सन्दर्भमा ‘एउटा अन्तर्राष्ट्रियस्तरको कम्पनीलाई जिम्मा दिने’ भन्ने बद्री केसी अध्यक्ष रहेको समूहको प्रस्तावप्रति राजेन्द्रकुमार शर्मा अध्यक्ष रहेको समूहले आपत्ति जनाएको छ । संघका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रस्ताव धाँधली ढाकछोप गर्ने उद्देश्यले ल्याइएको जनााएका छन् । उनीहरुले ‘आफै बोक्सी आफै झांक्री’ हुन खोजिएको त्यस्तो प्रस्तावलाई आफुहरुले सरासर खारेज गरिदिएको जनाएका छन्।

‘जसको बारेमा गम्भीर आरोप लगाइएकोछ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ “नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने“ जस्तो हास्यास्पद सर्त सहितको छानविन समिति बनाउनका लागि पठाइएको पत्र घोर आपत्तिजनक छ’, वक्तव्यमा भनिएको छ।

‘गत १९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु पाइएपछि काठमाडौँस्थित सोल्टी होटेलमा २० अक्टोबर २०२३ मा तत्कालिन तीनजना अध्यक्षहरु कुल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुइ साताभित्र छानबिन गर्ने सहमति भएको सबै साथीहरुलाई अवगत नै छ। तर उक्त सहमतिलाई कागजको खोस्टा बनाइ रातारात सपथ लिने र नयाँ कार्यसमिति घोषणा गर्ने काम संघको विधान र स्वतन्त्र तथा निस्पक्ष निर्वाचनको विश्वव्यापी मान्यता प्रतिकूल छ । संस्थालाई एकताबद्ध बनाउनका लागि २० अक्टोबर २०२३ को सहमतिमा फर्कनुको विकल्प नभएको पनि हामी स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

एनआरएनएका पूर्व अध्यक्ष बद्री केसीको नेतृत्वमा गठन गरिएको भनिएको अवैध कमिटिको बैठक बसी गरिएका कुनै पनि निर्णय स्वतस् अवैधानिक हुने पनि हामी स्पष्ट पार्न चाहन्छौं, वक्तव्यमा भनिएको छ।

वि.सं.२०८० मंसिर ७ बिहीवार १३:०७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...