Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

कतै तपाइमा पनि अल्जाइमरको संकेत देखा परेको त छैन ?



alzimerस्मरण शक्ति गुमाउँदै जानुलाई अल्जाइमर भनिन्छ । बिर्सने तथा स्मरण शक्ति हराउँदै जाँदा मानिसको दैनिक जीवनमा विभिन्न असर गर्दै जान्छ । अहिलेसम्म अल्जाइमरका विरामीको उचित उपचार पत्ता लगाउन सकिएको छैन । तर, डाक्टरहरुका अनुसार केही साबधानीहरु अपनाएर अलजाइमर लाग्नबाट भने बच्न सकिन्छ ।
शरिरका अन्य अंगहरु जस्तै मष्तिष्कको ख्याल राख्न अत्यन्तै जरुरी छ । जीवनशैलीमा केही परिवर्तन ल्याएर धेरै हदसम्म यसबाट बच्न सकिन्छ । अल्जाइमर हुनबाट बच्नका लागि नियमित व्यायाम, स्वस्थवद्र्धक खाना, मष्तिष्कलाई सक्रिय बनाउनु, राम्रोसँग निदाउनु, तनाव नियन्त्रण गर्नु र सक्रिय समाजिक जीवन जीउनु जरुरी छ ।
नियमित व्यायाम–हप्तामा कम्तिमा पाँच दिन आधाघण्टा सम्म एरोबिक एक्सरसाइज गर्नुस् । साथै गार्डनिङ, घरको सफाइ, या कपडा धुने काम गर्नुहोस् । बाल्यकालमा टाउँकोमा लागेको चोटका कारण पनि अल्जाइमर हुने खतरा बढी हुन्छ । धेरै अनुसन्धानका क्रममा टाउँकोमा लागेको चोटका कारण अल्जाइमरको खतरा बढी देखिएको छ । धेरैपटक फुटवल, क्रिकेट तथा बक्सिङ खेल्ने क्रममा टाउँकोमा चोट लागेको हुन्छ । त्यसकारण खेल खेल्ने क्रममा टाउँकोमा चोट नलाग्न धेरै सावधानी अपनाउनु पर्ने र भरसक हेल्मेट लगाएर खेल्नु राम्रो हुन्छ ।
स्वस्थ्य खाना– शरिरको अन्य अंग जस्तै मष्तिष्कलाई पनि पोषकतत्वको आवश्यकता रहन्छ । यसकारण आफ्नो खानामा हरियो तरकारी सामेल गर्न नर्विसनु होस् । अल्जाइमरबाट बच्नका लागि मष्तिष्कमा रहेको गिलास कोशिका (glial cells) लाई बचाउन अत्यन्तै जरुरी हुन्छ । अदुवा, ग्रीन टी तथा सोया आइटम खाने गरेमा मष्तिष्कमा रहेका यी कोशिकाहरुलाई पोषण तत्व मिल्ने र लामो समयसम्म रहिरहन्छ ।
मष्तिष्क स्वास्थ्यका लागि लागि भिटामिन बी १२, म्याग्निशयम तथा माछाको तेल अत्यन्तै जरुरी हुन्छ । साथै बेसार सेवन पनि अत्यन्तै उपयोगी हुन्छ । अल्जाइमरबाट बच्नका लागि ध्रुमपान तथा अल्कोहल सेवनबाट टाढै रहनुहोस् । एक अध्ययनका अनुसार ६५ वर्ष भन्दा बढी उमेरका मानिस जो ध्रुमपान गर्छन उनीहरु यस्तो बिमारीबाट पीडित हुने सम्भावना धेरै हुन्छ ।
मष्तिष्कलाई सक्रिय राख्नुहोस्–जो व्यक्ति सधै केही न केही नयाँ कुरा सिक्ने प्रयास गरिरहन्छ त्यस्ता व्यक्ति अल्जाइमर हुने खतराबाट बच्न सक्छन् । यसकारण मष्तिष्कलाई सक्रिय राख्नुहोस् । केही नयाँ कुरा सिक्नुहोस् । अफिसमा गर्नुपर्ने काम छिटो र छरितो रुपमा सम्पन्न गर्नुहोस् । यसले तपाइको दिमागलाई सक्रिय राख्न सहयोग गर्दछ ।
निद पुरा गर्नुहोस्– मष्तिष्कले सहि तरिकाबाट काम गर्नका लागि सबैभन्दा जरुरी पूरा निद चाहिन्छ । नीद पूरा नहुनाले मानशिक तथा शारीरिक समस्यासँग जुझ्नु पर्ने हुन्छ । थोरै सुत्ने मानिसहरुमा उमेर बढ्दै जाने क्रममा अल्जाइमरको खतरा हुन्छ । यसकारण स्वस्थ्य रहनका लागि दिनहुँ ८ घण्टा निदाउन जरुरी हुन्छ ।
तनाव कम गर्नुहोस्– तनावले तपाइको शरीरमा जति असर गर्छ, त्यति नै असर तपाइको मष्तिष्कमा पर्छ । तनावका कारण मष्तिष्कमा रहेको मेमोरी स्टोरमा असर पार्ने र त्यो विस्तारै सुक्दै जाने तथा यससँग जोडिएका धेरै कोशिकाहरुको विकास रोकिन्छ । यसले अल्जाइमरको खतरा बढाउँछ ।
सक्रिय सामाजिक जीवन– कहिले पनि आफूलाई एक्लै नराख्नुहोस् । एक्लै हुँदा दिमागमा धेरै प्रकारका विचारहरु आउने र यसले तपाइलाई तनाव दिन्छ । धेरै अध्ययनका अनुसार सामाजिक जीवन जति सक्रिय भयो त्यति नै तपाइ खुसी रहनुहुन्छ । त्यसकारण सामाजिक जीवनलाई सक्रिय बनाउनुहोस् । धेरै साथी बनाउनुहोस् । उनीहरुसँग धेरै कुराहरु गर्नुहोस् । कतै बाहिर घुम्न जानुहोस् । यसका साथै केही यस्ता नियमित कामहरु गर्नुहोस् जसले तपाइलाई अल्जाइमर हुनबाट बचाउँछन ।
दिनहुँ केही न केही कुरा याद राख्ने कोशिष गर्नुहोस् । यसले तपाइको मष्तिष्क सक्रिय हुनलाई सहयोग गर्दछ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ अल्जाइमर
मष्तिष्कसँग सम्बन्धीत अल्जाइमर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संभावना रहेको चिकित्सकहरुले पत्ता लगाएका छन ।
एक अनुसन्धानका क्रममा चिकित्सकीय प्रक्रियाबाट यो रोग एकबाट अर्को व्यक्तिमा सर्न सक्ने देखिएको हो ।
अनुसन्धानकर्ताले ८ व्यक्तिमा गरेको अध्ययनमा यो पत्ता लगाएको हो । जो व्यक्ति हर्मोन सम्बन्धी उपचार गरेपछि अचानक अल्जाइमरको सिकार भएका थिए । युनिभर्सिटी कलेज अफ लंडनका प्रोफेसरले गरेको यस्तो अध्ययनमा अहिले सम्म जेनेटिक कारण र या बढी उमेरमा मष्तिष्कमा हुने परिवर्तनका कारण अल्जाइमर हुने भनिए पनि हाल चिकित्सकीय लापरवाहीका कारण पनि अल्जाइमर हुने अध्ययनमा पत्ता लागेको छ ।
अध्ययनका अनुसार अल्जाइमर तीन किसिमबाट लाग्छन् । पहिलो उमेरसँगै दिमागमा अचानका प्रोटिनको निर्माण हुनु, दोश्रो जेनेटिक र तेश्रो चिकित्सकको लापवरबाहीको कारण हुन्छ । अनुसन्धानकर्ताहरुले अपरेशनका बेला चिकित्सकहरुले प्रयोग गर्ने उपकरणमार्फत अल्जाइमर सर्ने देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । बेलायत र युएई पठाइदिन्छु भनेर २२ लाख बढी ठगी गर्ने २ जना

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.