
हामी कतिपय मानिसहरु प्रत्यक्षरुपमा त के छायामा अनि फोटोमा पनि सर्प देख्दा डराउने गर्दछौं ।
तर, केही देशमा भने सर्पको मासु र रगतको वाइन बनाएर पिउँछन् । भियतनाममा विषालु सर्पको वाइन बनाइन्छ । यसलाई ‘स्नेक वाइन’ Snake Wine भनिन्छ ।

वाइन बनाउनका लागि सर्पलाई लामो समयसम्म चामलको वाइन वा अल्कोहलमा डुबाएर राखिन्छ । यो स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।

अल्कोहलमा डुबाएर राख्नाले साँपमा भएको विष हराउँछ । यसले मानव शरीरलाई हानी पु¥याउँदैन । ‘स्नेक ब्लड वाइन’ बनाउनका लागि साँपको पेटमा चिरेर उसको रगत डाइरेक्ट अल्कोहलमा मिसाइन्छ ।

साँपको वाइन बनाउने चलन पहिलोपटक चीनबाट सुरुवात गरिएको थियो । चीनको वेस्टर्न झोउ प्राविन्स ७७७ बिसी मा पहिलोपटक बनाइएको थियो । यसलाई परम्परागत चाइनिज मेडिसीनको रुपमा पनि लिइन्छ । चाइनीजहरुका अनुसार यस्तो वाइन बिसमा मानिसहरुको उपचारमा अत्यन्तै उपयोगि मानिन्छ ।
वि.सं.२०७४ वैशाख १७ आइतवार ०५:५९ मा प्रकाशित



























