back
CTIZAN AD

एनसेलको सेयर विक्रिमा राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतो रहेको गगन थापाको आशंका

वि.सं.२०८० मंसिर २२ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एनसेलको सेयर स्वामित्व खरिद विक्रिमा राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतो रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै उनले एनसेलको स्वामित्व खरिद विक्रि रातारात नभएको भन्दै राजनीतिक तथा प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ भएको आरोप लगाए ।

‘एनसेलको सन्दर्भमा जे कुरा भएको छ, रातारात भएको होइन, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभई यो कुरा भएको छैन’ थापाले भने ।

मलेसियाली कम्पनी आजियताले आफ्नो भागमा रहेको एनसेल कम्पनीको सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड डलरमा बिक्रि गरेको सार्वजनिक भएपछि उक्त कारोबार अविस्वसनिय रहेको र त्यसको छानिवन गर्नुपर्ने भन्दै आवाज उठिरहेको छ ।

यस सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणले आजियटासँग कागजात पठाउन माग गर्दै पत्र काटेको छ भने आजियटाले सम्बन्धीत कागजात उपलब्ध हुनासाथ प्राधिकरणलाई पठाउने जवाफ दिएको छ ।

त्यसैगरी सरकारले पनि यसको छानविनका लागि पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन समेत गरेको हो ।

प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले पनि समिति सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको छ ।

 

 

 

वि.सं.२०८० मंसिर २२ शुक्रवार १४:३६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...