back
CTIZAN AD

गजल

वि.सं.२०८० मंसिर ३० शनिवार

2.1K 

shares

मोहन गौतम
राङ्का गान्तोक, सिक्किम

मिथ्या जगत् सत्य खोज्दा जिन्दगी भार भो
गल्ती कुरा फैलियो झन् सत्यको हार भो

एकान्तमा रुन्छु साथी लाग्छ झन् तिर्सना
एक्लै सधैँ बस्नु पर्दा कष्ट अतिचार भो

जागौँ सबै छान्न नेता राष्ट्र होस् उन्नति
पैसा लिँदै भोट हाल्ने काम बेकार भो

नारी तिमी शक्ति माता हौ सबै लोकमा
तर आज तिम्रो रहर देख्दै छु शृङ्गार भो

बहर : मुफरद बसित
अर्कान : २२१२ – २१२ – २२१२ – २१२

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...