back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

वि.सं.२०८० माघ ४ बिहीवार

1.6K 

shares

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको हो ।

उक्त विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थीहरु दलित जनजाती तथा विपन्न परिवारबाट रहेको र उनीहरुको आर्थिक अवस्था नाजुक भएकाले जाडोमा न्यानो कपडा प्रदान गरिएको बैंकले जनाएको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा एकदेखि १० सम्मका १९१ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो । साथै, यस बैंकको कालिकानगर शाखा बुटवलले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको यस सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यबाट न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस सहयोगले चिसो मौसममा विद्यार्थीलाई पठनपाठनमा थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले आगामी दिनमा पनि यस प्रकारको आर्थिक, सांस्कृतिक, सामाजिक तथा शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रमहरु संचालन गरिरहने प्रतिवद्धता जनाएको छ ।

 

वि.सं.२०८० माघ ४ बिहीवार १५:२६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...