काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड ८ औं बर्ष पुरा गरि ९ औं बर्षमा प्रबेश गरेको छ । सोहि अवसरमा कम्पनीले सोमवार १५ गते वार्षिकोत्सब कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलद्धारा कम्पनीले हाल सम्म भएका कार्य प्रगतीको बारेमा विस्तृत विवरण प्रस्तुत गरेका छन् ।
आर्थिक वर्ष २०७९/८०को कार्यसम्पादन मुल्याङ्कनको आधारमा दुई जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा प्रशंसापत्रद्धारा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ । साथै, विभिन्न कार्यक्रम राखि वार्षिकोत्वस समारोह सम्पन्न भएको छ ।
उक्त अवसरमा राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठद्धारा कम्पनीको वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिदै सेवाग्राहीलाई छिटो, छरीतो र गुणस्तरीय सेवा दिन सुझाव दिए । साथै सबै कर्मचारीहरुलाई मेहेनत र लगनशिल भै कार्य गर्न प्रेरित गर्दै संस्थाको उन्नती प्रगतिको लागि सबै जना एकजुट भै अघि बढ्न सल्लाह तथा सुझाव दिए ।
त्यसैगरी, संचालक समितीका अध्यक्ष देवेन्द्ररमण खनालद्धारा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले सरकारी लगानीमा रहेका खर्बौं शेयर लगानीको व्यवस्थापन समेत गर्न सकिने हुँदा सो सम्बन्धि कार्य गर्न सुझाव दिए ।
कम्पनीका अनृुसार कम्पनी पूँजि बजारमा एक प्रतीस्पर्धी मर्चेन्ट बैंकरको रुपमा प्रस्तुत भएको छ । कम्पनीले हाल सम्म एक लाख असी हजार हितग्राही खाता खोलि हितग्राहीहरुलाई सेवा दिईरहेको जनाएको छ । कम्पनीले दुरदराजमा रहेका लगानीकर्ताहरुलाई राष्ट्रिय बाणिज्य बैकका शाखा कार्यालयहरुबाट सेवा दिने प्रबन्ध मिलाएको जनाएको छ ।
त्यसैगरी, कम्पनीले १५ वटा कम्पनीको शेयर/ऋणपत्र रजिष्ट्रारको कार्य गरिरहेको जनाएको छ । साथै, कम्पनीले लगानी व्यवस्थापनको सेवा दिइरहेको र नेपाल सरकारको लगानी रहेका सुचिकृत संस्थाहरुको शेयर अभौतिकीकरण गरी नेपाल सरकार अर्थमन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको जनाएको छ । कम्पनीले निकट भविष्यमा प्राईभेट इक्वीटी/भेन्चर क्यापिटलको कार्य गर्ने लक्ष्य रहेको जनाएको छ ।
उक्त कार्यक्रममा संचालक समितीका अध्यक्ष देवेन्द्र रमण खनाल, संचालकहरु पवन रेग्मी, राम कुमार थापा, कृष्ण श्रेष्ठ, राजेन्द्र प्रसाद दाहाल, रािष्ट्रय बाणिज्य बैक लि., बाग्मती प्रदेश प्रमुख ध्र्रुब अर्याल,आन्तरीक लेखा परिक्षण विभाग प्रमुख भोलानाथ पौडेल, शाखा प्रमुख श्याम सुन्दर गौतमको समुपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।
#NewsUpdate #nepal #rbb
वि.सं.२०८० माघ १७ बुधवार १५:१४ मा प्रकाशित





























