back
CTIZAN AD

झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति सुरु

वि.सं.२०८० माघ १९ शुक्रवार

1.1K 

shares

झापा । अन्तर्राष्ट्रियस्तरको झापा गोल्डकप २०८० का लागि खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आगामी फागुन १९ गतेदेखि हुने छैटौँ संस्करणको झापा गोल्डकपलाई भव्यरुपमा सम्पन्न गर्न खेल मैदानको स्तरोन्नति थालिएको हो ।

गोल्डकपका अध्यक्ष विनोद बस्नेतले रङ्गशालामा भएको झार गोड्ने, प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाउनेलगायत कार्य सुरु गरिएको बताए । “खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता हुँदैन”, उनले भने, “यस्तो प्रतिष्ठित प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भन्ने उद्देश्यले यसको स्तरोन्नतिमा ध्यान दिइरहेका छौँ ।” रङ्गशालामा १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी गरिएको छ ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न रु एक करोड ४० लाख विनियोजन गरिएको छ ।
उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट ‘मिडफिल्डर’, उत्कृृष्ट ‘फरवार्ड’, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई नगद रु ११ हजार दिइनेछ ।

प्रतियोगितामा आयोजककोतर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबका सात र विदेशी तीन गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

 

वि.सं.२०८० माघ १९ शुक्रवार १२:२६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...