अछाम । गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
अछामको मेल्लेख गाउँपालिका-३ ठाटी दर्बाका गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको हो ।
बुधवार साँझ दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए । दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए ।
वि.सं.२०८० माघ २४ बुधवार २१:४४ मा प्रकाशित






























