काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप/वेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ । बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआईकनै बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो ।
जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिने बैंकले जनाएको छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराईने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस सुविधाअन्र्तगत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफै फिर्ता गर्नेछ ।
बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० फागुन २० आइतवार १२:२० मा प्रकाशित





























