सीता शर्मा पन्थी, वीरगन्ज, पर्सा
निर्मलाले न्याय पाइनन घट्यो घटना फेरि
अनाहकमा कति चेली मर्छन् घाँटी सेरी ।
सरकार न्याय देऊ कति दिन थाती राख्छौं
छिटो समाई पत्ता लगाऊ सोधी झन् केरी ।
यस्ता घटना हुनु भएन समाजमा अब
सबैका चेलीबेटी एउटै हुन जान हेरी ।
मर्ने चाह कसैको हुँदैन यो बालपनमा
कसरी भन्न सक्छौं झुन्डिएर आफै बेरी ।
होला है सुरक्षा भनि राखे होस्टलमा छोरी
कुन पापीको नजर पर्यो कठै ! छोरी मेरी ।
वि.सं.२०८० फागुन २६ शनिवार ०८:२९ मा प्रकाशित





























