अनुराग अरुण, ललितपुर
एकजना युवक गणेश मन्दिर गएर, रुदैँ भगवान छेउ दुःख बिसाएछन् । उसको दुःख सुनेर गणेश भगवानलाई दया जागेछ । प्रकट भएर भनेछन्, ‘बाबू ! यौटा कुरा माँग, म दिन्छु ।’
केटाले के माग्ने ? भनेर मनमनै सोँच्न थाल्छ । विद्या माँगु भने, आखिर धन कमाउने हो । सम्पत्ति भए पछि घर, गाडी, इज्जत, मान, सम्मान सबै पाई हालिन्छ । निकै सोँच विचार गरेपछी धन सम्पती माग्ने निर्क्यौल गरेछ ।
निकै बेर युवक मौन रहेको देखेपछी गणेश भगवानले भन्छ, ‘बाबू ! मलाई जरुरी कामले अन्तै जानु छ । जे माग्नु छ , छिट्टै माँगी हाल ।’
गणेश भगवानको कुरा सुनेर युवक आत्तिएर दुबै कर जोडेर भन्छ, ‘प्रभु ! मलाई लक्ष्मी दिनुहोस् ।’
‘तथास्तु’, भनेर गणेश भगवान अलप भएछन् ।
युवक यसो फर्केर पछिल्तिर हेर्छ । आफ्नै गाउँकी लक्ष्मीलाई देखेर अक्क न बक्क हुन्छ ।
वि.सं.२०८० फागुन २६ शनिवार ०८:३५ मा प्रकाशित






























