कुमार अविरल, ललितपुर
गर्छु विश्वास जसको ऊ इमान्दार छैन
लाग्छ मान्छेहरू स्वार्थी भए प्यार छैन
सक्छ कसले गरिबको वेदना बुझ्नलाई
नाप्न सक्ने दुखीको दुःख औजार छैन
दिन्छ कसले यहाँ माया र ममता मलाई
बाबु आमा विनाको अर्को संसार छैन
जातका धर्मका गर्छन् कुरा युद्ध लड्ने
बिर्सिए देश आफ्नो आज संस्कार छैन
जिन्दगीको भरोसा छैन टुङ्गिन्छ कहिले
लाग्छ बेकार जीवन बाँच्न आधार छैन
आश जसको गरेँ टुट्यो उसैको भरोसा
जिन्दगीमा तिमी बाहेक अरू सार छैन ।
बहर : कुरेशी
अर्कान :२१२२ – १२२ ÷ २१२२ – १२२
वि.सं.२०८० फागुन २६ शनिवार ०८:३९ मा प्रकाशित






























