back
CTIZAN AD

हाइकु

वि.सं.२०८० चैत १० शनिवार

1.2K 

shares

चेतनाथ धमला, ओखलढुङ्गा

१.
रक्तिम आभा
सहिदको मुस्कान
मुक्त आकाश ।

२.
वनको काँडो
आफैँ तिखारिएर
सुसेल्छ क्रान्ति ।

३.
रक्तिम शीत
योद्धाको पसिनामा
टल्किन्छ आफैँ ।

४.
सर्पको राग
विषालु अखडामै
भत्किन्छ आफैँ ।

५.
आफैँमा उम्री
अक्करमा सुसेल्छ
पोकली छाँगो ।

६.
मनको आगो
रक्ताम्य छ पहाड
गोहीको आँसु ।

७.
नयाँ बिहानी
आँखाभरि सपना
यो खिजीदेम्बा ।

८.
ढुङ्गाको छानो
मिर्मिरे आधुनता
सारा चौतारी ।

९.
भोर्लोको पात
बर्से घुम बनेर
दिँदोछ ओत ।

१०.
ओ! तिरिमिरी
आकाशभित्र तारा
क्षितिजै घेरो ।

वरिष्ठ हाइकुकार धमला नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल हाइकु सङ्घका केन्द्रीय हुन् ।

वि.सं.२०८० चैत १० शनिवार ०७:४७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...