back
CTIZAN AD

सुसेली : वनौषधी

वि.सं.२०८० चैत १० शनिवार

1K 

shares

राजेन्द्रकुमार बज्राचार्य,काठमाडौं

राखौं बेसार
प्रतिरोध शक्तिको
लाग्छ अपार ।।१।।

दलौं कपाल
प्याजरस शिरमा
हुन्छ कमाल ।।२।।

मेथी जातक
रक्तचाप रक्षक
हुन्न घातक ।।३।।

ज्वानो मसला
क्याल्सियम खानी हो
हट्छ कसला ।।४।।

पानी अमला
जडिबुटी रहेछ
रोपूँ गमला ।।५।।

फल अमला
भिटामिन सी मिल्छ
गर्छ हमला ।।६।।

छ बकाइनो
पेटको जुका झार्छ
राखौं राइनो ।।७।।

तरु सिमल
बहुगुणी रहेछ
हुन्छ विमल ।।८।।

वृक्ष पीपल
प्राण वायुको खानी
मिल्छ है फल ।।९।।

यो चिराइतो
ज्वर घट्छ मज्जाले
के उराइतो ? १०।।

 

 

वि.सं.२०८० चैत १० शनिवार ०७:४९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...