सुधिर थापा, काठमाडौं
रहेको छ आफ्नै सबैको कहानी
भिजाएर रुन्छन् सयौंले सिरानी
सधैं अश्रु धारा बगाएर बस्छन्
डुबाएर आफ्नो यही जिन्दगानी
मिलेको न माया दिएको छ पीडा
बलेको छ आगो जलाई जवानी
छ वर्षा भएको सधैं जिन्दगीमा
भिजेको छ आँखा रसाएर नानी
तिमी सङ्ग मैले गरेको न शंका
दियौ फेरि धोका न भो सावधानी
झुलेको न डाली फुलेको न फूल
बसेको न खाटा दिएको निशानी ।
बहर : मुतकारिब मुसम्मन सालिम
वजन : १२२ १२२ १२२ १२२
वि.सं.२०८० चैत १० शनिवार ०७:५१ मा प्रकाशित





























