back
CTIZAN AD

गजल

वि.सं.२०८० चैत १० शनिवार

1.4K 

shares

भूपाल अधिकारी, बिराटनगर

सुरापिउँदै नयनको मातियो होला
हुँदा मद्होस सीमा नाघियो होला

भनी को हाम फाले प्रेम हो सागर
डुबेको जो थियो ऊ उत्रियो होला

नछोड्नू सत्य भन्थेँ लेख्नलाई नै
इमानी हात जहिले काटियो होला

अझै के को हो आकर्षण छ भनिदेऊ
उसैको याद दिलमा टाँसियो होला

यता पत्थर बनी बाटो कुरेँ मैले
उता उनको त सिउँदो रङ्गियो होला

बहर : हजज मुसद्दस सालीम बहर
अर्कान : १२२२ १२२२ १२२२

 

वि.सं.२०८० चैत १० शनिवार ०७:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...