back
CTIZAN AD

कविता : समाधानको मार्ग खोजौँ

वि.सं.२०८० चैत १० शनिवार

1.1K 

shares

कल्पना भट्टराई,टोखा, काठमाडौं

हिलोमा डुबेको छ चुर्लुम्म देश,
भयो पाइला चाल्नु पर्ने विशेष ।
गरे के नहोला र चौतर्फ सोचौँ,
समस्या समाधानको मार्ग खोजौँ ।१।

समस्यै समस्या छ भन्छन् कसैले,
गरौँ थालनी आजबाटै सबैले ।
भलो होस् सबैको, त्यतातर्फ सोचौँ,
समस्या समाधानको मार्ग खोजौँ ।२।

सधैँ शक्तिले मात्र चल्दैन देश,
छली युक्तिले मात्र चल्दैन देश ।
सदाचार सत्कर्म, कर्तव्य रोजौँ,
समस्या समाधानको मार्ग खोजौँ ।३।

चलाओैँ दुवै हात खुट्टा दिमाग,
नलागोस् कुनै काममा खोट,दाग ।
चिनौँ भ्रष्ट को को लगी जेल कोचौँ,
समस्या समाधानको मार्ग खोजौँ ।४।

थिए शक्तिशाली हिजो बाबु बाजे,
यही राष्ट्रलाई बचाए र बाँचे ।
गरौँ एकता काँधमा काँध जोडौँ,
समस्या समाधानको मार्ग खोजौँ ।५।

बलात्कारका छन् यहाँ नित्य केस,
सयौं बालिका बेचिएका विदेश ।
युवा शक्ति पर्देशिए जान रोकौँ,
समस्या समाधानको मार्ग खोजौँ ।६।

छ पाखो पखेरो रुँदै आज हेर,
युवा शक्ति मुग्लान ताकी पसेर ।
यता वृद्ध बेहाल छन् आँसु रोकौं,
समस्या समाधानको मार्ग खोजौँ ।७।

अहंकारले स्वार्थले, लोभले झन्,
बढेको छ आफन्तमै द्वेष झन् झन् ।
स्व–अस्तित्व हुर्काउने कर्म रोजौं,
समस्या समाधानको मार्ग खोजौँ ।८।

लथालिङ्ग छन् काम सर्वत्र हेर,
गरे पार लाग्ला अवश्यै मिलेर ।
नयाँ सिर्जना,भावना साथ जोडौँ,
समस्या समाधानको मार्ग खोजौँ ।९।

छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत :lSS lSS lSS lSS

 

वि.सं.२०८० चैत १० शनिवार ०७:५४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...