back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० चैत १० शनिवार

1.1K 

shares

लक्ष्मी स्मृती, बिराटनगर

१.
सर्जरीहरूले तन्काएको गाला र बदन हुन्छ
जता हेर्यो बाटोभरी आधुनिक पहिरन हुन्छ
हजुरआमाले लिपिस्टिक दल्दा किन छक्क पर्नु
जति बुढो हुदै गयो मान्छे मन बचपन हुन्छ ।

२.
घरिघरि घात गर्नेको मनसाय के होला
विछोड भन्दा पनि ठुलो सजाय के होला
यहाँ मायाँ लगाउनेहरू माया नै बिर्सन्छन्
ती बैगुनीलाई बिउँताउने उपाय के होला ।

३.
बाँझो जमिन जति प्लटिङ भन्दै कटाएर
अन्नपात उमार्ने युवा हात विदेश पठाएर
कृषि प्रधान हाम्रो मुलुक उँभो लाग्छ कसरी
किसानलाई सहुलियत सट्टा उल्टै सताएर ।

४.
भोक न प्यास बिते कयौँ साल त्यहाँ भन्दा के हुनू
कति कति खेप्नु पर्यो अवगाल त्यहाँ भन्दा के हुनू
‘के गुमायौ मायाँमा?’ भन्दै के सोध्नुहुन्छ हजुर,
जिन्दगी बनेको छ साह्रै बेहाल त्यहाँ भन्दा के हुनू ?

५.
सबै मेहनत गयो खेर अप्ठ्यारो भा’छ यता
छाती दुख्छ कहाँ नेर अप्ठ्यारो भा’छ यता
नजिक हुनेले बैगुनीलाई सम्झाई दिए हुने,
चोखो पिरती नबुझेर अप्ठ्यारो भा’छ यता ।

 

 

वि.सं.२०८० चैत १० शनिवार ०७:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...