back
CTIZAN AD

कविता : एक मुट्ठी जिन्दगी

वि.सं.२०८० चैत १० शनिवार

2K 

shares

निरूविन्दु परियार, कालेबुङ, भारत

निद्राबाट बिउँझिना साथ
एक अञ्जुली सपना
पोल्टामा बाँधेर गन्तिमा पुग्छिन् आमा !

रहर, इच्छा र आकांक्षाहरूसँग
चोर – पुलिस खेल्दै पत्तीहरू सङ्ग्रह गर्छिन्
दिनभरी चियाका बुट्टामा

थाप्लोले थाम्न नसक्ने चियाको भारी
अनि, मनले उचाल्न नसक्ने पीरको पोका
एकैक्षण बिसाएर
आफ्नो पोल्टा कोट्याएर हेर्छिन्

सपना, विपना, इच्छा, आकांक्षा सबै चुहेको हुन्छ
प्वाल परेको पोल्टाबाट
न त बटुल्न मिल्छ, न त टिप्न नै

सन्तुष्टिको एक खुराक हावा खान्छिन
लामो सुस्केरा तानेर
अनि लाग्दछिन् आफ्नो दैनिक कर्ममा !

आधामा अघिक शताब्दी बितेर गयो
उमेरहरू खिएर गयो
न्यायको घाम उदाएन जीवनको क्षितिजमा

हो,
हिँड्दा समस्याका काँडाहरू चुभ्छ
जीवनको पाइला पाइलामा
अनि,
बस्दा दङदङ गन्हाउँछ सिनो अप्राप्तिहरूका

सुत्दा–उठ्दा,
हरेक रात, हरेक दिन
तर्साइ बस्छ मृत सपनाका प्रेतहरू जागेर

आमाको पोल्टाबाट सबथोक चुहेर गयो
तर, मनको खल्तीबाट
धीरता, विस्वास र मुस्कान कहिले पोखिएन

सायद, यही नै मुल मन्त्र हुनपर्छ जीवनक्रमको !

त्यहाँ त्याग छ आमाहरूको
त्यहाँ मेहनत छ बाबाहरूको
त्यहाँ सन्तुष्टि छ परिवारहरूको

चियाका श्रमिकहरूले
सिङ्गो जीवन गलाएर फेदमा खनाएपछि नै त हो
उम्रिन थालेको चियाका झ्याङ

त्यसै कहाँ पलाएको हो चियाका झ्याङमा
हरिया कलिला मुनाहरू ?
त्यसै फैलेको होर विश्व बजारमा
चियाको सुगन्धहरू ?

 

वि.सं.२०८० चैत १० शनिवार ०८:०१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...