back
CTIZAN AD

गजल

वि.सं.२०८० चैत १० शनिवार

1.5K 

shares

लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी, शनिश्चरे

पत्थर हुँदैछ यो दिल छिट्टै पगाल्न आऊ !
ढल्दै गयो जवानी घरजम बसाल्न आऊ !

पिउँदैछु भुल्न भन्दै झन् यादले सताउँछ
प्याला बोकेर झट्पट् निसा पखाल्न आऊ ।।

हावा चल्यो अचानक ढोका थियो उदाङ्गो
कौसीमा जून हाँस्यो पर्दा उचाल्न आऊ ।।

बादल सरी छ माया चिस्येर झर्न सक्छ
सर्गम उनी सियोमा संसार टाल्न आऊ ।।

मनमा उदेक लाग्दा आसा परेड खेल्छन्
चुल्हो रुँदैछ रित्तो विश्वास उमाल्न आऊ ।।

बहर : मुजारे अखरब
वजन : २२१ २१२२ २२१ २१२२

 

 

वि.सं.२०८० चैत १० शनिवार ०८:०३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...