back
CTIZAN AD

गजल

वि.सं.२०८० चैत २४ शनिवार

1.5K 

shares

कुमार अविरल, ललितपुर

सम्बन्ध नै टुङ्गियो खै के गुनासो गरूँ
छाती मेरो चस्कियो खै के गुनासो गरूँ

अनमोल तिम्रा अधर छन् यादमा सर्वदा
कसरी वचन फेरियो खै के गुनासो गरूँ

कोमल हृदयको कुनामा बस्न देऊ प्रिया
पलपल विगत् सम्झियो खै के गुनासो गरूँ

मनभित्र आयौ अकस्मात् दिन्छु शीतल भनी
एक्कासि मन बद्लियो खै के गुनासो गरूँ

तिम्रो र मेरो सधैँ गन्तव्य राखौँ अलग
बन्दा नजिक मातियो खै के गुनासो गरूँ

बहर : बसीत
वजन : २२१२ – २१२ – २२१२ – २१२

 

वि.सं.२०८० चैत २४ शनिवार ०७:४२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...