back
CTIZAN AD

कविता : धरातल ढलेपछि

वि.सं.२०८० चैत २४ शनिवार

993 

shares

यम रेग्मी, दाङ

गर्ल्याम्म ठूला सतिसाल ढल्छन्
चुर्लुम्म अग्ला हिलशैल डुब्छन्
समुन्द्र सुक्दै मरुभूमि बन्छ
उठेर मुर्दा दिउँसो दगुर्छ ।१।

बौलाइ हावा बनिदिन्छ आँधी
लुकेर सुर्जे दिन बन्छ राति
आगो र पानी प्रिय मित्र बन्छन्
मुसा बिराला बिच प्रेम चल्छन् ।२।

भाले निशामै खुब थाल्छ बास्न
नदी उकालोतिर लाग्छ बग्न
बन्छन् कुकर्मी जग पुज्य देव
कात्रो रिसाई बुन भन्छ जेब ।३।

आफैँ रचेको घर फोड्छ मान्छे
आफैँ हिँडेको पथ टोड्छ मान्छे
देख्दैछ सेतो तर भन्छ कालो
भनेर पानी खुन खान्छ आलो ।४।

मान्छे मरेका सपना बटुल्छ
निर्लज्ज बन्दै भिडमा दर्गुछ
र वंशभित्रै रसरङ्ग चल्छ
यो सभ्यताको बिच प्रश्न उठ्छ ।५।

छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गण : त त ज गु गु ज त ज गु गु
सङ्केत : SSl SSl lSl S S SSl lSl S S
विश्रामः पाँच अक्षरमा

वि.सं.२०८० चैत २४ शनिवार ०७:४६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...