back
CTIZAN AD

गजल

वि.सं.२०८० चैत २४ शनिवार

2.7K 

shares

कुशल नाथ योगी, कालिकोट

हुन्न ढल फोहोर कम तिम्रो सहरको
भन्छ मै सुन्दर अहम् तिम्रो सहरको

स्वच्छ हावापानीले गरिदिन्छ स्वागत
गाउँमा पर्दा कदम तिम्रो सहरको

छट्पटाएको सडकमा हेरी बस्छन्
रैझछ मानवता खतम तिम्रो सहरको

आपसी चल्दैन पैँचो गाउँमा झैँ
मन छ नाङ्गो खै सरम तिम्रो सहरको

प्यार गर्छे गाउँकी भागी सहरकी
गाउँको मल्हम जखम तिम्रो सहरको

रूप होस् अनुपम छुँदैमा दाग लाग्ने
गाउँझैँ अर्को जनम तिम्रो सहरको

जल दूषित खाना विषादीयुक्त खान्छन्
हुन्छ खै कसरी हजम तिम्रो सहरको

बहरः रमल मुसद्दस सालिम
अर्कान : फाइलातुन फाइलातुन फाइलातुन
वजन : २१२२ २१२२ २१२२

 

वि.सं.२०८० चैत २४ शनिवार ०७:४८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...