back

गजल

वि.सं.२०८० चैत २४ शनिवार

1.2K 

shares
RBB AD
NTC AD

कुशल नाथ योगी, कालिकोट

हुन्न ढल फोहोर कम तिम्रो सहरको
भन्छ मै सुन्दर अहम् तिम्रो सहरको

स्वच्छ हावापानीले गरिदिन्छ स्वागत
गाउँमा पर्दा कदम तिम्रो सहरको

छट्पटाएको सडकमा हेरी बस्छन्
रैझछ मानवता खतम तिम्रो सहरको

आपसी चल्दैन पैँचो गाउँमा झैँ
मन छ नाङ्गो खै सरम तिम्रो सहरको

प्यार गर्छे गाउँकी भागी सहरकी
गाउँको मल्हम जखम तिम्रो सहरको

रूप होस् अनुपम छुँदैमा दाग लाग्ने
गाउँझैँ अर्को जनम तिम्रो सहरको

जल दूषित खाना विषादीयुक्त खान्छन्
हुन्छ खै कसरी हजम तिम्रो सहरको

बहरः रमल मुसद्दस सालिम
अर्कान : फाइलातुन फाइलातुन फाइलातुन
वजन : २१२२ २१२२ २१२२

 

वि.सं.२०८० चैत २४ शनिवार ०७:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...