back

बेनीलाई देशकै नमुना बनाउने प्रतिबद्धता

वि.सं.२०७४ वैशाख २६ मंगलवार

432 

shares
IME Limited
NTC AD

२६ वैशाख, बेनी (म्याग्दी)  । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् ।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा भोट माग्नका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले यस्तो प्रतिबद्धता गरेका हुन् ।

नेपाली काँग्रेसले बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउनका लागि नगरपालिकाका हरेक वडामा उद्योगको स्थापना गरी रोजगारी उपलब्ध गराउने महत्वाकांक्षी योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी, एमालेले बेनी नगरपालिकाका विभिन्न ठाउँमा सिटी सेन्टरको स्थापना गर्नुका साथै गोठगोठमा नै पुगेर बिरामी पशुको स्वास्थ्योपचार गर्नेसम्मको प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, माओवादी केन्द्रले उज्यालो म्याग्दी र सुपरजोनसम्मको प्रतिबद्धता व्यक्त गरेको छ ।

कुल ७६ दशमलव ५७ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको, ३३ हजार ४९८ जनसङ्ख्या र १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउन सकिने पर्याप्त सम्भावना रहेका एमालेको तर्फबाट बेनी नगरपालिकाको प्रमुखका उम्मेदवार प्रमोद श्रेष्ठले बताउनुभयो ।

युवा पलायन र दक्ष जनशक्ति मुख्य चुनौती रहेको म्याग्दी जिल्ला र जिल्लाको केन्द्र मानिएको बेनी नगरपालिकामा अधिकांश ग्रामीणबस्ती समेटिएका छन् ।

अझसम्म पनि शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका आधारभूत सुविधासमेत उपभोग गर्न नपाएका जनताले दलहरुका महत्वकांक्षी प्रतिबद्धतालाई ‘चुनाव जित्नका लागि काउले बोली’ भनेर अविश्वास जनाउने गरेका छन् ।

मतदाताले दल र उम्मेदवारलाई नारा र महत्वाकांक्षी प्रतिबद्धता होइन सुशासन र जनतालाई सुविधा पुग्ने खालका पत्यारलाग्दा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गदै चुनाव जितेपछि आफूले गरेका प्रतिबद्धता नभुल्नसमेत आग्रह गरेका छन् ।

उन्नाइस वर्षपछि यही वैशाख ३१ गते सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको पहिलो निर्वाचनमा मतदान गर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका मतदाताले निर्वाचनपछि, विकासभन्दा पहिले सुशासन र जनप्रतिनिधि भएको महसुस हुनेगरी काम गर्ने उम्मेदवारलाई जिताउनु पर्ने प्रतिक्रिया दिएका छन् । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०४:२० मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...