back
CTIZAN AD

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

वि.सं.२०८१ वैशाख २६ बुधवार

1.6K 

shares

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ ।

काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका विद्यार्थीलाई सहजीकरणका लागि मान्यता दिने भएको हो ।

काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भूसालले नेपालबाट छ महिना अनलाइनमार्फत लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेको जानकारी दिए । उनले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एकसय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताए । उनका अनुसार काउन्सिलले विदेशी कलेजमा पढे पनि अनिवार्य तालिमको व्यवस्था गरेको छ ।

यसअघि कोरोना महामारीको समयमा लामो समयसम्म घरमा बसेर विदेशका शिक्षण संस्थामा पढेका विद्यार्थीलाई मान्यता नदिएपछि काउन्सिलमा दर्ता हुन पाएका थिएनन् । “केही विद्यार्थी कोभिड–१९ सुरु हुनासाथ कक्षा सञ्चालन भएपछि त्यो विद्यार्थी विदेशमा बस्न पाएन र नेपालमा आएर अनलाइनमार्फत कक्षा लिनुपर्यो”, काउन्सिलका अध्यक्ष प्रा डा भूसालले भने, “त्यसरी नेपाल आएर अनलाइनमा छ महिना कक्षा लिएकालाई मान्यता दिने र छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएको छ भने एकसय शय्याभन्दा माथिका अस्पतालमा गएर विषयगत तालिम लिने व्यवस्था गरेको छौँ । त्यसपछि विद्यार्थीलाई काउन्सिलमा दर्ताका लागि सहभागी गराउँनेछौँ ।” रासस

 

वि.सं.२०८१ वैशाख २६ बुधवार १५:५० मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...