back
CTIZAN AD

सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग

वि.सं.२०८१ वैशाख २६ बुधवार

891 

shares

कमलामाई (सिन्धुली) । बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी गर्न सिन्धुलीका स्थानीय तहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।

कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले मागपत्रमार्फत प्रधानमन्त्री दाहालसँग चियाबारी–खुर्कोट सुरुङ निर्माण थालनी गर्न आवश्यक बजेटसहितको व्यवस्था मिलाउन माग गरेका हुन् । सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्न सुनकोशी गाउँपालिका–७ कानढुङ्गी आइपुगेका उनलाई कमलामाई र गोलञ्जोरका पालिका प्रमुखहरुले उक्त मागपत्र बुझाएका छन् ।

पूर्वी नेपाल तथा काठमाडौँको दूरी र पहुँचको हिसाबले अत्यन्त महत्वपूर्ण वैकल्पिक राजमार्गका रुपमा रहेको बिपी राजमार्गको सिन्धुलीमाढी चियाबारीदेखि गोलञ्जोर गाउँपालिकाको खुर्कोटसम्म (करिब ३९ किलोमिटर) मा सडक खण्ड कठिन अलाइन्मेन्ट, घुमाउरो र साँघुरो भएकाले दिनानुदिन दुःखद घटनाहरु घटिरहेको कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख छ । यस विषयलाई दृष्टिगत गर्दै बेलाबेला चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्ने कुरा केन्द्रीयस्तरमा उठ्ने गरेको भए पनि कार्यान्वयनका लागि प्रयाससमेत नभएको गुनासो उल्लेख छ ।

सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनीका लागि बजेटसहित आवश्यक प्रबन्ध चाँडै मिलाउने आश्वासन दिएका छन् ।

वि.सं.२०८१ वैशाख २६ बुधवार १५:५७ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...