back
CTIZAN AD

गजल

वि.सं.२०८१ जेठ १२ शनिवार

1.6K 

shares

भूपाल अधिकारी, बिराटनगर

जीवनको एक जिउने साधन रहेछ माया
हर एक जिन्दगीको धड्कन रहेछ माया

भन्छन् कसै कसैले वनको कुनै डढेलो
आगो बनेर बल्ने यौवन रहेछ माया

छिनमै रुने र हाँस्ने मान्छे अनेक हुन्छन्
यौटा विचित्र नाटक मञ्चन रहेछ माया

कोही समुद्र भन्छन् कोही अकास भन्छन्
जस्तो छ सोच त्यस्तै दर्शन रहेछ माया

धोका दिनेले गर्थे देखावटी र भन्थे
पित्तलमा मात्र सुनको लेपन रहेछ माया

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफऊल फाइलातुन मफऊल फाइलातुन
वजन : २२१ २१२२ / २२१ २१२२

 

 

वि.सं.२०८१ जेठ १२ शनिवार ०९:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...